बीरगंज २१ चैत ।
मेयर राजेशमान सिह विरुद्धको जाली नागरिकता र सरकारी कागा किर्ते मुद्दा प्रहरी प्रशासनले नदेखेको भन्दै नागरिक समाज र राजनैतिक दलले बीरगंजमा आज दिउसै लाल्टेन बालेर प्रदर्शन गरेका छन ।
बीरगंज महानगर पालिकाका मेयर राजेशमान सिहले अर्काको छोरीलाई आफ्नो छोरी भन्दै जन्मदर्ता समेत किर्ते गरि जिल्ला प्रशासन कार्यालय पर्साबाट नागरिकता दिलाएको भन्दै कार्वाहीको माग गर्दै नागरिक समाज र पाच राजनैतिक दलले जिल्ला प्रशासन,जिल्ला प्रहरी , अख्तियर , गृह मन्त्रालय लागायतको नियमनकारि निकायमा जाहेरी दिएको महिनौ बितिसक्दा पनि कार्वाही प्रक्रियाको थालनी समेत प्रहरी प्रशासनले सुरु नगरेको भन्दै नागरिक समाज र राजनैतिक दल बिरोध प्रदर्शनमा उत्रिएका हुन । प्रहरी प्रशासनले मेयर सिह विरुद्धको जाहेरी नदेखेको हो कि भन्दै आज नागरिक समाजले बीरगंजमा दिउसै लाल्टेन बालेर जुलुस निकालेका हुन। मेयर सिह विरुद्धको मुद्दाको छानबिन गर , दोषी माथी कार्वाही गर , प्रहरी प्रशासन मुर्दाबाद भन्ने नारा लागाउदै बीरगंज नगर परिक्रमा गरि जिल्ला प्रहरी कार्यालय घेराउ समेत गरेका थिए । यथेष्ट प्रमाण हुदाहुदै पनि प्रहरी प्रशासनले मेयर सिह विरुद्धको मुद्दाको छानबिन समेत नगरेको भन्दै प्रदर्शनकारीहरुले आक्रोश ब्यक्त गरेका छन । छानबिन प्रक्रिया सुरु नगरे थप कडा आन्दोलन गर्ने पनि प्रदर्शनकरीहरुले चेतावनी दिएका छन् ।

विराेध प्रदर्शन कार्यक्रममा पर्साका विभिन्न पार्टिका नेता कार्यक्रता तथा नागरिक समाजकाे उल्लेखनिय उपस्थिति रहेकाे थियाे ।
