बीरगंज १७ चैत ।
जनता समाज बादी पार्टी नेपाल ( जसपा ) बीरगंजका अध्यक्ष इश्वर यादब सहित गए राति प्रहरीले तीन जनालाइ पक्राउ गरी हिरासतमा राखेर छानबिन गरिरहेको छ ।
बीरगंजको आदर्शनगर स्थित बीरगंज बर्गर हाउसबाट जसपाका बिरगंज नगर अध्यक्ष तथा बीरगंज महानगर पालिकाका मेयर राजेशमान सिहको सचिबालय सदस्य इश्वर यादब सहित तीन जनालाई गए रति वडा प्रहरी कार्यालय बिर्ताको टाेलिले पक्राउ गरेको थियो । प्रहरीले सामान्य बिबादको कारण नियन्त्रणमा लिएको बताएपनि यादब सहितका ब्यक्तिहरुले बिरगंज बर्गर हाउसका सञ्चालक सित आफ्नो राजनैतिक पहुचको धाक देखाएर विवाद गरि मारपिट समेत गरेको कारण प्रहरीले पक्राउ गरेको प्रत्यक्षदर्शिले बताएका छन । सत्ताधारि पार्टीको नगर अध्यक्ष र बीरगंज महानगर पालिकाको मेयर राजेशमान सिहको सचिबालयको सदस्य भएको धाक देखाएर बर्गर हाउसमा हुलजुल गरी हातपात समेत गरेको स्थानियले बताएका छन । इश्वर यादब जसपाको नगर अध्यक्ष , मेयरको सचिबालय सदस्यका साथै बीरगंज महानगर पालिका वडा नम्बर १५ का वडा अध्यक्ष रमेश यादबको भाइ समेत हुन ।
यादबले आफ्नो पद र प्रतिष्ठाकाे दुरुपयोग गरेर आम जनता माथी अभद्र ब्यबहार गर्दै आएका थिए अतिनै भएपछि स्थानियकाे आराेप पछि प्रहरीले गएराति नियन्त्रणमा लिएको एक प्रहरी अधिकृतले बताएका छन ।
देश
प्रदेश २
हेडलाइन
जसपा बीरगंजका नगर अध्यक्ष यादब सहित तीन पक्राउ
- १७ चैत्र २०८०, शनिबार
- 1572 Views
Related Post
देश, प्रदेश २, समाज, हेडलाइन
सरकारी गाडीमै क्यासिनो पुगेका सखुवाप्रसौनीका अध्यक्ष पक्राउ, स्कोर्पियोसहित ८
२१ भाद्र २०८३, आईतवार
देश, प्रदेश २, समाज, हेडलाइन
प्रहरी कार्यालयकै नाकमुनि चोरीको आतंक, वडा प्रहरी कार्यालय बिर्ता
१८ भाद्र २०८३, बिहीबार
देश, प्रदेश २, समाज, हेडलाइन
रसुवाको बाढी–पहिरो पीडितका लागि वीरगञ्जको मदिना मस्जिदमा सहयोग संकलन,
१२ भाद्र २०८३, शुक्रबार
देश, समाज, हेडलाइन
प्रशासनको कमजोर निगरानी कि सेटिङको खेल ? पर्सामा मापदण्डविहीन
२६ जेष्ठ २०८३, मंगलवार
देश, प्रदेश २, समाज, हेडलाइन
वीरगञ्जको विडम्बना: एक मेयर धरौटीमा रिहा, अर्का पूर्वमेयर अख्तियारको
२१ जेष्ठ २०८३, बिहीबार