बिरगंज ०४ चैत ।
प्यारालाइसीस् लगायतका राेग निकाे पारिदिने भन्दै वीरगन्जमा निशुल्क धार्मिक शिविर चलाउँदै आएका भारत गुजरातका काली कम्बलवाला बाबा आइतबार अचानक शिविर छाडेर गायब भएका छन्।
वीरगन्ज महानगरपालिका वडा नम्बर १४ पिपरास्थित चिनी मिलकाे जग्गामा काली कम्बलवाला बाबाले फाल्गुन ३० गतेदेखि ११ दिनका लागि शिविर लगाएका थिए।शिविरमा उनले पक्षघात भएका,हातगाेडा नचल्ने,ढाड कम्मर दुख्ने,क्यान्सर, सुगर, रक्तचाप, पत्थरीलगायतका दीर्घ बिरामीलाई आफ्नाे कालाे कम्बलले टकटकाएर निकाे पारिदिने दाबी गर्दै आएका थिए । ती बाबाकाे अन्धविश्वासमा परेर शिविरमा उनिबाट उपचार गराउनका लागि मधेसका जिल्लाका साथै छिमेकी मुलुक भारतबाटसमेत दिनहुँ हजाराैंकाे संख्यामा आउने बिरामीहरुकाे घुंइचाे लाग्ने गरेकाे थियाे।
तर आइतबार दिउँसो १२ बजेतिर ती बाबा अचानक शिविर छाडेर गायब भएपछि शिविरमा उपचारका लागि आएकाहरुले प्रदर्शन गरेकाे र त्यसक्रममा प्रहरीले बल प्रयाेग गर्दा स्थिति तनावग्रस्त बनेकाे थियाे।प्रदर्शनमा उत्रिएकाहरुले प्रहरी प्रशासनले काली कम्बल वाला बाबालाई पक्राउ गरेर लगेकाे भन्दै सडकमै बसेर धर्ना दिएका थिए।धर्नामा कारण अवरुद्घ सडक खुलाउन प्रहरीले प्रयास गर्दा झडपपनि भएकाे थियाे ।प्रहरीको लाठीचार्जबाट केहि प्रदर्शनकारी घाइतेपनि भएका छन्।तर प्रहरीले भने ती बाबा आँफै गायब भएकाे बताएको छ।पर्साका प्रहरी उपरीक्षक कुमाेध ढुंगेलले विभिन्न रोगको निशुल्क उपचार गर्ने भनी सर्वसाधारणलाई ठगी गर्दै आएका बाबाको पोल खुलेपछि उनि आँफै फरार भएकाे बताए । धर्मको आडमा बिरामीलाई निको बनाउने बहानामा ठगी गर्दै गरेको खबरपश्चात प्रहरीले पक्राउ गर्ने पूर्व सूचना पाएपछि ती बाबा फरार भएको हुन सक्ने प्रहरीको आशंका छ.
देश
प्रदेश २
समाज
हेडलाइन
प्रहरीले पक्राउ गर्ने सूचना पाएपछि काली कम्बल वाला बाबा फरार
- ४ चैत्र २०८०, आईतवार
- 301 Views
Related Post
देश, प्रदेश २, समाज, हेडलाइन
सरकारी गाडीमै क्यासिनो पुगेका सखुवाप्रसौनीका अध्यक्ष पक्राउ, स्कोर्पियोसहित ८
२१ भाद्र २०८३, आईतवार
देश, प्रदेश २, समाज, हेडलाइन
प्रहरी कार्यालयकै नाकमुनि चोरीको आतंक, वडा प्रहरी कार्यालय बिर्ता
१८ भाद्र २०८३, बिहीबार
देश, प्रदेश २, समाज, हेडलाइन
रसुवाको बाढी–पहिरो पीडितका लागि वीरगञ्जको मदिना मस्जिदमा सहयोग संकलन,
१२ भाद्र २०८३, शुक्रबार
देश, समाज, हेडलाइन
प्रशासनको कमजोर निगरानी कि सेटिङको खेल ? पर्सामा मापदण्डविहीन
२६ जेष्ठ २०८३, मंगलवार
देश, प्रदेश २, समाज, हेडलाइन
वीरगञ्जको विडम्बना: एक मेयर धरौटीमा रिहा, अर्का पूर्वमेयर अख्तियारको
२१ जेष्ठ २०८३, बिहीबार