वीरगंज ३ चैत्र ।
वीरगंजकाे चर्चित नागरिकता काण्डमा राज्यकाे उपस्थिति नदेखिएकाेले वीरगंजका सचेत नागरिक समाज र विभिन्न दलका नेता तथा कार्यकर्ताहरुले विराेध स्वरुप मसाल जुलुसकाे प्रदर्शन गरेका छन ।
वीरगंज महानगरका मेयर राजेशमान सिहले बनाएकाे किर्ते नागरिकता छानबिन गरिरहेको जिल्ला प्रहरी, जिल्ला प्रशासन कार्यालयले महिनाै देखि आलटाल गरिरहेको भन्दै सचेत नागरिक समाज तथा सयुक्त राजनितिक दलले आज पुण्ह मसाल जुलुस प्रदर्शन गरेका छन ।
मेयर सिंहलाई पक्राउ गरी कारबाही गर्नुपर्ने मागसहित सचेत नागरिक समाज तथा राजनितिक दलका कार्यकर्ताहरुले मसाल जुलुस निकालेको हो ।
एक तिर गृहमन्त्री रवि लामिक्षानेले कानुन सबकाे लागि बराबर भन्दै कानुनकाे दायरामा सब रहेकाे भन्छन भने उनकाे सरकारकाे गठबन्धनमा रहेकाे जसपाबाट निर्वाचित मेयरलाई प्रहरीले समाउन वा छानबिन गर्न डराईरहेकाे उजुरी कर्ताहरुकाे आराेप रहेकाे छ ।
किर्ते नागरिकतामा दोषी देखिएका मेयरलाई छानबिन गर्न नागरिक समाज वीरगंजले निरन्तर प्रदर्शन गर्दै आएको छ । वीरगंजको पानगल्लीबाट निकालिएको मसाल जुलुसलाई माईस्थान आदर्शनगर लगायतको विभिन्न स्थानमा प्रहरीले हस्तक्षेप गरेको थियो ।
हुँदै नभएको छोरीलाई नागरिकता दिने मेयर विरुद्ध चरणबद्ध रुपमा नगर परिक्रमा, विरोध प्रदर्शन, सिठी जुलुस,मसाल जुलुस,आम सभा लगायत प्रदर्शन सचेत नागरिक समाजले गर्दै आएको छ ।
नेपाली काग्रेसका नेता माेहम्मद सहाबुदिनकाे अध्यक्षतामा शनिबार निकालिएकाे मसाल जुलुसमा जसपा, जनमत पार्टी,एमालेका नेता लियाकत अलि, नेपाली कांग्रेसबाट अनिल सिंह, विकास तिवारी लगायत नेता तथा कार्यकर्ताहरु सहभागी थिए ।
मेयर सिंहले नक्कली बाबु बनेर रुबिना श्रेष्ठ नाम गरेकी युवतिलाई नागरिकता दिलाएको विषय खुलासा भएपछि मेयर सिंह बिरुद्ध जिल्ला प्रशासन कार्यालय पर्सा र जिल्ला प्रहरी कार्यालयमा छुट्टा–छुट्टै गरी एक दर्जन भन्दा बढिले जाहेरी दिइसकेका छन ।


