वीरगन्ज २९ फाल्गुन। महानगरपालिकाको स्वास्थ्य शाखामा कार्यरत कम्प्युटर अपरेटर उमेश साहले दाइजोमा सिकडि नपाउँदा बिहे नै रद गरेका छन् । बाराको कलैया उपमहानगरपालिका – ४ सिनेमा चौक बस्ने साहले दाइजोमा नगद १२ लाख , मोटरसाइकल बापत ३ लाख २५ हजार , एक थान ल्यापटप र एक एक थान सुनको अंगुठी र हनुमानको माला लिए पनि राति मण्डपबाट सिकडी नपाउँदा बिहे नै रद गरेका छन् ।
विवाहमण्डप बनिसकेको थियो । आफन्त लगायत सबै बेहुलासहित आएको जन्ती देखि खुसी बनेका थिए । बर्माला , हाम्रो मधेश समुदाय तिर हुने (पर्छावन ) भइसक्दा अब बिहेका लागि बेहुला मण्डपमा पुग्दा विभिन्न प्रकारका बहाना बनाउँदै बिहे नगर्ने आलटाल गरेमा सबै जना दुःखी बने । बेहुलाले दाइजोमा सिकडी नपाए विवाह नै भाँडे । बेहुला बिहे नगर्नुको कारण थियो, केटा पक्षले मागेको दाइजो जति दिन नसक्नु ।
पर्साको बिरगंज महानगरपालिका २४ रानीघाटका सुखल साहकी अन्दाजी २४ वर्षीया छोरी रमिता कुमारीको विवाह बाराको कलैया उपमहानगरपालिका ४ सिनेमा चौक निवासी बच्चलाल साहका अन्दाजी २६ वर्षीय छोरा उमेश साहसँग फागुनमा २८ हुने तय भएकोे थियो । तर, आर्थिक अभावका कारण सुखलले दाइजोमा १२ लाख दिए मोटरसाइकल बापत ३ लाख २५ हजार दिए अन्य सब समान दिए पनि बिहे गर्न आएका बेहुला उमेशले सिकडी नपाउँदा बिहे नै गरेनन् ।
ऋण काढेर भए पनि छोरीको विवाहका लागि आवश्यक सबै तयारी पूरा गरेको सुखलले विवाह नै नभएपछि मारमा परेका छन् । साहुसँग चर्को ब्याजमा ऋण काढेर सम्पूर्ण तयारी गरे पनि विवाह नै नभएपछि सुखल थप आर्थिक मारमा परेका हुन् । जन्तीलाई स्वागत गर्न पन्डाल देखि राम्रो खाना नास्ताको पनि व्यवस्था गरेको भएपनि लगभग ५० हजारको सिकडी नपाउँदा बेहुलाले मण्डपबाट भाग्न खोज्दा झडप पनि भएको सुखल बताए ।
‘हामी भन्दै थियौं, पैसाको व्यवस्था भएन । विवाहपछि सिकडी पनि दिन्छु । तर, बेहुला पक्षले मानेनन्,’ सुखलले भने । जति मनाएपनी नमान्दा बेहुलापक्षले कुटपिटमा समेत उत्रे पछि प्रहरी आइपुग्यो र बेहुला सहित ३-४ जनालाई नियन्त्रणमा लिएर अनुसन्धानको लागि लाग्यो
विवाह नभएपछि रमिता आँसु रोकिएको छैन । स्थानीय केही व्यक्तिले सिकडी दिएर पनि बिहे गर्न सुझाव दिइरहेका छन् । बिहेको वातावरण निर्माणमा जुटेका छन् । तर, अब कुनै पनि हालतमा त्यो घरमा विवाह नगर्ने अडानमा छिन् रमिता । उनले एउटा सिकडीको लागि विवाह नगर्ने बेहुलाले उनीसँग विवाह गरेपछि झन् दाइजोको लोभमा ज्यान पनि लिन सक्ने बताइन् ।
जिल्ला प्रहरी कार्यालय पर्साका प्रहरी उपरीक्षक कुमोद दुङ्गेलले घटनाको सत्यतथ्य आफूले बुझिरहेको बताए । उनले दाइजोका कारण विवाह रोकिएकाले पीडकलाई कानुनी कारबाही गर्नुपर्ने बताए । उनले भने, ‘बेहुली पक्षले जाहेरी दियो भने दाइजो कसुरको मुद्दामा हामी बेहुला पक्षमाथि कारबाही गर्छौं ।’
दाइजोका कारण विवाह रोकिएको यो एउटा उदाहरण मात्र हो । दाइजो नदिएकै कारण विवाह रोकिने र विवाह भइसकेपछि पनि हत्या गरिने जस्तो जघन्य अपराध निरन्तर हुँदै आएको छ ।
देश
प्रदेश २
हेडलाइन
सुनको सिक्री नपाउदा मण्डपबाट नै विवाह तोडे वीरगंज महानगरका कर्मचारी उमेश साहले ।
- २९ फाल्गुन २०८०, मंगलवार
- 318 Views
Related Post
देश, प्रदेश २, समाज, हेडलाइन
सरकारी गाडीमै क्यासिनो पुगेका सखुवाप्रसौनीका अध्यक्ष पक्राउ, स्कोर्पियोसहित ८
२१ भाद्र २०८३, आईतवार
देश, प्रदेश २, समाज, हेडलाइन
प्रहरी कार्यालयकै नाकमुनि चोरीको आतंक, वडा प्रहरी कार्यालय बिर्ता
१८ भाद्र २०८३, बिहीबार
देश, प्रदेश २, समाज, हेडलाइन
रसुवाको बाढी–पहिरो पीडितका लागि वीरगञ्जको मदिना मस्जिदमा सहयोग संकलन,
१२ भाद्र २०८३, शुक्रबार
देश, समाज, हेडलाइन
प्रशासनको कमजोर निगरानी कि सेटिङको खेल ? पर्सामा मापदण्डविहीन
२६ जेष्ठ २०८३, मंगलवार
देश, प्रदेश २, समाज, हेडलाइन
वीरगञ्जको विडम्बना: एक मेयर धरौटीमा रिहा, अर्का पूर्वमेयर अख्तियारको
२१ जेष्ठ २०८३, बिहीबार