बिरगंज २१ फाल्गुन।
प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले मन्त्रिपरिषद् पुर्नगठन गर्ने भएका छन् । अहिलेको सत्ता गठबन्धनका सबै मन्त्री हटाएर आजै नेकपा एमाले, रास्वपा र जसपा एक एक जना मन्त्री ल्याउने तयारी भएको उच्च स्रोतले जनाएको छ ।
रास्वपा स्रोतका अनुसार रास्वपाबाट सभापति रवि लामिछानेको नेतृत्वमा सरकारमा जाने तयारी भएको छ । यस्तै एमालेको स्रोतका अनुसार एमालेका प्रमुख सचेतक पदम गिरीले आजै सपथ लिने तयारी भएको छ । यसअघि स्वास्थ्यमन्त्री रहेका गिरीकाे मन्त्रालय भने टुंगाे लागेकाे छैन । नेकपा माओवादी केन्द्रबाट वर्षमान पुनले मन्त्रीकाे सपथ लिने बालुवाटार स्राेतले जनाएकाे छ ।
अब सातै प्रदेशमा एमाले-माओवादिको गठबन्धन सरकार बन्दै काग्रेंस बहिरिदै
संघीय सरकारमा सत्ता गठबन्धनमा उलटफेर आएसँगै अब सातै प्रदेशमा एमाले–माओवादीको सरकार बन्ने भएको
छ ।
कांग्रेस–माओवादीको गठबन्धन टुटेसँगै संघ हुँदै प्रदेशमा पनि सत्ता समीकरण परिवर्तन हुन लागेको हो । अहिले कांग्रेसको नेतृत्वमा गण्डकी, लुम्बिनी कोशी र सुदूरपश्चिम प्रदेश सरकार रहेको छ । संघीय सरकारबाट कांग्रेस बाहिरिएसँग कांग्रेसका मुख्यमन्त्रीहरुको पद धरापमा परेको हो । स्रोतका अनुसार नयाँ सत्ता गठबन्धनमा एमालेले ३, माओवादीले २ र बाँकी २ प्रदेश गठबन्धनका अन्य दलले नेतृत्व गर्ने गरी सहमति जुटेको छ ।
जसपाबाट पनि आजै एक जना मन्त्री पठाउने तयारी भएपनि नाम नटुंगिएको एक नेताले बताए । यता नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले राप्रपा र जनमत पार्टीलाई पनि सरकारमा ल्याउन चाहेका स्रोतले बताएको छ ।