April 16, 2026
Parsa, Nepal
देश प्रदेश २ समाज हेडलाइन

बीरगंजमा रहेका सामुदायिक प्रहरी सेवाहरु अबैधानिक।

सरोज खड्का
बिरगंज ।
स्थानिय जनता र नेपाल प्रहरीको सयुंक्त सहभागितामा गठन भएको सामुदायिक सेवा केन्द्र तथा सामुदायिक प्रहरी सेवा आफै अबैध छन । यसतर्फ कोहिकसैले गम्भिरता देखाएका छैनन् ।
बीरगंजमा पाँच स्थानमा सामुदायिक सेवा केन्द्र तथा सामुदायिक प्रहरी सेवाहरु संचालित छन ती सबै सामुदायिक बिधान बमोजिम चलेका छैनन् । नेतृत्व हत्याएर बसेका छन। सामुदायिक सेवाको इन्चार्ज जिल्ला प्रहरी प्रमुख हुन भने संरक्षक प्रमुख जिल्ला अधिकारी
हुन ।
सबै सामुदायिक सेवा केन्द्रमा नेपाल प्रहरी पनि कार्यरत छन । सामुदायिकले आफुले गरेको कामको साप्ताहिक , पाछिक , मासिक प्रतिबेदन जिल्ला प्रहरीलाई र जिल्ला प्रहरीले प्रदेश प्रहरीलाई र प्रहरी प्रधान कार्यालयमा पठाउनु पर्ने बाध्यात्मक ब्यबस्था छ र सामुदायिक प्रहरीले समयमा प्रतिबेदन पठाउने पनि गरेका छन तर बिरगंजका सामुदायिक अबैध भैसकेका छन यस्तो अबैध सामुदायिकमा प्रहरी बसेर काम गर्न सामुदायिकको बिधान र नेपाल प्रहरीको सामुदायिक महा शाखाको निर्देशन बिपरित छ भनेर कसैले पनि भनेका छैनन् र प्रमुख जिल्ला अधिकारी र जिल्ला प्रहरी प्रमुखले समेत यसतर्फ गम्भीरता देखाएका छैनन् । बिधवत प्रत्येक सामुदायिकको प्रत्येक एक बर्षमा साधारण सभा हुनुपर्छ पहिलो बर्ष सालभरिको कामको समिक्षा गरेर आगामी बर्षको लागी कार्य योजना बनाउछ भने दोस्रो साधारण सभाले कामको समिक्षा गरि नया नेतृत्व चयन गर्छ कुनै कारण बस तोकिएको समयमा साधारण सभा हुन सकेन भने छ महिना थप गर्न पाउने ब्यबस्था छ। त्यसपछि पनि साधारण सभा भएन भने जिल्ला प्रहरी प्रमुखले आफ्नो अधिकार प्रयोग गरि भएको समितिलाइ भंग गरि तीन महिना भित्र साधारण सभा गर्ने जिम्मेवारी तोकेर तदर्थ समिती गठन गर्नेछन अथवा सो सामुदायिक सेवा नै खारेज गरिदिने छन तर बिरगंजमा त्यस्तो केहिपनि भएको देखिदैन हुन सक्छ जिल्ला प्रहरी प्रमुख र प्रमुख जिल्ला अधिकारीलाई अध्यारोमा राखिएको छ ।
बिरगंजमा पहिलो सामुदायिक छपकैया सेवा केन्द्र हो भने त्यस पछि कुम्हाल टोल र श्रीपुर हो मिनाबजार,बिर्ता र ग्रिनसिटि च्याप्लुसिको भरमा गठन भएका हुन अहिले कुनैपनि सामुदायिकले बिधान बमोजिम समयमा साधारण सभा गरेका छैनन् होइन एउटा पनि साधारण सभा गरेका छैनन् जुन ठाउमा जो अध्यक्ष छ उस्ले साधारण सभा गर्दा आफ्नो पद जाने डरले साधारण सभा नगरेर सामुदायिकलाइ अफ्नो पेवा जस्तै बनाएर बसेका छन । तत्कालीन जिल्ला प्रहरी कार्यालय पर्साको प्रमुख भएर प्रहरी उपरीक्षक दिबेश लोहनी आउनुभयो उहाले छपकैया बाहेकको सबै सामुदायिकबाट प्रहरी फिर्ता बोलाउनुभयो उहाको तर्क थियो छपकैया सामुदायिक बिधान बमोजिम चलेको छ अरु सबै अबैध हुन भन्दै आफुले प्रहरी फिर्ता बोलाएको बताएका थिए । प्र उ लोहनी यस आगाडि पर्सामा प्रहरी नायब उपरीक्षक भएर बस्दा सामुदायिकका पधिकारिहरु संग समन्वय गरेर अपराध नियन्त्रणमा भुमिका खेल्नु भएको थियो र उहा सामुदायिकको हरेक क्रियाकलापबाट बाकिफ रहेका थिए र उहाले छपकैया बाहेक अरु सामुदायिक खारेज गरिदिनु भएको थियो । सराेज सिह खडका सामुदायिक सेवाको सस्थापक अध्यक्ष हुनुका साथै त्यतुखेर सामुदायिक सेवा जिल्ला समन्वय समितिको सह संयोजक थिए । त्यतिखेर प्रमुख जिल्ला अधिकारी संरक्षक प्रहरी उपरीक्षक संयोजक र सराेज सिह खडका सह संयोजक थिए । सामुदायिक सेवा परिचालन ब्यवस्थापन कार्यक्रमको आयोजना गर्ने जिम्मेवारी पनि थियो ।प्र.उ लोहनीले छपकैया बाहेक अरु सामुदायिक लगभग विघटन गरिदिएको अबस्था थियो त्यस अबस्थामा अघोषित बिगठनमा परेका सामुदायिकका पदाधिकारीहरु सराेज खडका काहा गएर आफ्नो दुखेसो पोखेका थिए र अध्यक्ष खडकाका अगाडि गल्ती नदोहोरिने शर्तमा निजि स्वार्थको लागि सामुदायिक प्रयोग गर्नेछैन भनी प्रतिबधता जाहेर गरिसरकेपछि प्र उ लोहनीसंग भेट गर्ने समय मागे र उहाले दिएको समयमा अघोषित विघटन भैसकेको सामुदायिकका पदाधिकारीहरुलाई उहाको कार्यकक्षमा गए उहा रिसाउनुभयो मैले तपाइलाइ बोलाएको थिए यिनिहरुलाइ लिएर किन आउनुभएको भन्नुभयो मैले बिस्तारै कुरा गर्दै एकैपटक सामुदायिकबाट प्रहरी फिर्ता बोलाउदा गलत सन्देश जान सक्छ भएको के छ के गर्नु पर्ने हो मेरो हस्तक्षेप हुनेछैन तर अहिले सबै सामुदायिकमा
एक जना भएपनि प्रहरी दिनुस र रहयो सामुदायिकका पदाधिकारीहरुको आचरणको हजुर आफै बाकिफ हुनुहुन्छ खडकाले भने र त्यसपछि प्र उ लोहनीले तपाइ संग पर्सामा पहिले देखी काम गरेको थिए प्रहरी जेजस्तो भएपनि तपाइमा दाग देखिन तत्काल तपाइको भनाइ माने तर सबै सामुदायिकलाइ अध्याबधिक गर्नुस मैले सकेसम्म गर्छु सर भने उहाले भोलिपल्ट सबै सामुदायिकमा एक जना प्रहरी पठाइदिनुभयो तर याहाका सामुदायिकको नेतृत्व हत्याएर बसेकाहरुमा अलिकति पनि परिवर्तन आएन उहाको कार्यकाल पर्सामा छोटाे रहयो त्यसपछिको समयपछि कुनैपनि सामुदायिकले साधारण सभा गरेका छैनन न त उनिहरुले बिधानलाइ मानेका छन न त प्रहरीकै प्रधान कार्यालयको सामुदायिक महाशाखाको निर्देशनलाइ पालना गरेका छन । अबैध सामुदायिकको कार्यक्रममा जिल्ला प्रहरी प्रमुख र प्रमुख जिल्ला अधिकारी गएर अबैध समितिलाई बैधानिक्ता दिने काम गरिरहेका छन साधारण सभा गरेर नेतृत्व हस्तान्तरण गर्न कोहिपनि त्यार छैनन ।प्रहरी प्रमुख र प्रमुख जिल्ला अधिकारीलाइ काम देखाउन केहि सार्बजनिक काम गरेको देखाउछ त्याहा पनि प्रहरीको नाम भजाएर जबर्जस्ती चन्दा असुल गरिरहेका छन।
नया एस पि प्रहरी प्रमुखले यसतर्फ गम्भीरता देखाउनु पर्ने समय आएकाे छ भने कुन प्रहरी प्रमुखले बिरगंजमा रहदा समुदायिक प्रहरीका लागि के गरेका थिए र अहिले को सामुदायिकले कसरी फाइदा उठाउदैछन भनी अर्काे अंकमा प्रकाशन गरिने छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *