बीरगंज २४ माग ।
वीरगंजका मेयरलाई कारबाहीकाे माग गर्दै सचेत नागरिक समुहले जिल्ला प्रशासन कार्यालय पर्सामा धर्ना कार्यक्रम गरेका छन । किर्ते नागरिकता छानबिन गरिरहेको जिल्ला प्रहरी, जिल्ला प्रशासन कार्यालयले आलटाल गरिरहेको भन्दै सचेत नागरिक समाजले आज २ घण्टा दवाब स्वरुप जिल्ला प्रशासनकाे मुल गेट अगाडि धर्ना दिएका
छन ।
किर्ते नागरिकतामा दोषी देखिएका मेयरलाई छानबिन गर्न नागरिक समाज वीरगंजले निरन्तर प्रदर्शन गर्दै आएको छ ।
मेयर सिहले हुँदै नभएको छाेरीकाे बाबू बनी नागरिकतामा छानबिन गर्न एक दर्जन भन्दा बढि मानिसहरुले राज्यकाे सम्पुर्ण सराेकारवाला निकायमा छानबिनका लागि उजुरी दर्ता गराएका छन ।
नागरिकको भरोसा नटुट्ने गरि छानबिन गर्छु प्रमुख जिल्ला अधिकारी भुसाल
पर्साका प्रमुख जिल्ला अधिकारी दिनेश सागर भुषालले नागरिकाे भराेसा नटुट्ने गरि मेयर राजेशमान सिहको नागरिकता मुद्दा छानबिन गर्ने बाताउनुभएको छ ।
बिरगंज महानगर पालिकाका मेयर राजेशमान सिहले अर्काको छोरिलाइ फर्जि कागजात बनाएर आफु पिता बनि जिल्ला प्रशासन कार्यालय पर्साबाट नागरिकता दिलाएकोले उनि बिरुध परेको उजुरीको बिषयमा प्रमुख जिल्ला अधिकारी भुषाल सङ्ग पत्रकारहरुले गरेको प्रश्नकाे जवाफमा यस्तो बाताउनुभएको हो । उहाले नागरिकता फारम अझैपनि नभेटिएकोले खोज्ने काम भैरहेको बताउदै नागरिकको भरोशा टुट्न दिन्न भन्नुहदै प्रमुख जिल्ला अधिकारी भुषालले नागरिक दुइ कित्तामा बाडिन हुदैन प्रशासन माथि बिश्वाश गर्न आग्रह समेत गर्नु भएको हाे ।
बहालवाला मेयर भएकै कारण छानबिन प्रकृयामा ढिलाइ भइरहेको र छानबिनमा जिल्ला प्रहरी प्रसाशनले आलटाल गर्दै आएकाे सचेत नागरिक समुहले आशंका जताएका
छन ।
देश
प्रदेश २
समाज
हेडलाइन
नागरिकता आन्दाेलनकाे स्वरुप फेरिदै । प्रहरी प्रशासनमाथि नागरिक समुहकाे आशंका बढदै ।
- २४ माघ २०८०, बुधबार
- 1020 Views
Related Post
देश, प्रदेश २, समाज, हेडलाइन
सरकारी गाडीमै क्यासिनो पुगेका सखुवाप्रसौनीका अध्यक्ष पक्राउ, स्कोर्पियोसहित ८
२१ भाद्र २०८३, आईतवार
देश, प्रदेश २, समाज, हेडलाइन
प्रहरी कार्यालयकै नाकमुनि चोरीको आतंक, वडा प्रहरी कार्यालय बिर्ता
१८ भाद्र २०८३, बिहीबार
देश, प्रदेश २, समाज, हेडलाइन
रसुवाको बाढी–पहिरो पीडितका लागि वीरगञ्जको मदिना मस्जिदमा सहयोग संकलन,
१२ भाद्र २०८३, शुक्रबार
देश, समाज, हेडलाइन
प्रशासनको कमजोर निगरानी कि सेटिङको खेल ? पर्सामा मापदण्डविहीन
२६ जेष्ठ २०८३, मंगलवार
देश, प्रदेश २, समाज, हेडलाइन
वीरगञ्जको विडम्बना: एक मेयर धरौटीमा रिहा, अर्का पूर्वमेयर अख्तियारको
२१ जेष्ठ २०८३, बिहीबार