वीरगन्ज,१मंसिरः वीरगन्जबाट नेपाली नक्कली नोटको कारोवारमा संलग्न रहेका दुई जना युवकलाई पक्राउ गरी प्रहरीले शुक्रबार सार्वजनिक गरेको छ । वीरगन्ज महानगरपालिकाको वडा नंबर ८ स्थित सिटि मार्केटबाट एक हजार दरका नेपाली नक्कली नोट सहित पक्राउ परेका युवाहरुलाई प्रहरीले सार्वजनिक गरेको हो ।
सिटी मार्केटमा समान खरिद गरी हजार दरका नक्कली नोट दिएको सुचना पसलेले दिएपछि वीरगन्ज महानगरपालिकाको वडा नंबर ३१ बेलवा निवासी वर्ष २४का ऋषिलाल पटेल र बाराको कलैया उपमहानगरपालिका वडा नंबर ३ निवासी वर्ष २५का उमेश कुमारलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय पर्साका प्रहरी नायब उपरिक्षक कुमार विक्रम थापाले जानकारी दिए ।
उनिहरुको साथबाट एक हजार दरका ३८ थान नक्कली नोट बरामद भएपछि दुवै युवकलाई आवश्यक अनुसन्धानका लागि नियन्त्रणमा लिइएको थापाले बताए।
पक्राउ परेका युवाहरलाई जिल्ला प्रहरी कार्यालय पर्सामा राखि खाेटाचलन मुद्दामा अनुसन्धान अगाडी बढाइएको प्रहरीले जनाएको छ।
अर्थतन्त्र
देश
प्रदेश २
हेडलाइन
नक्कली नाेट काराेबारमा संलग्न दुई जना पक्राउ
- १ मंसिर २०८०, शुक्रबार
- 401 Views
Related Post
अर्थतन्त्र, राजनिती, हेडलाइन
हर्मुज जलडमरूमध्यमा तनाव बढ्दै: अमेरिकी नाकाबन्दीपछि ट्रम्पको इरानलाई कडा
३० चैत्र २०८२, सोमबार
विविध, हेडलाइन
अमेरिका–इरान प्रत्यक्ष वार्ता सुरु, पाकिस्तानमा युद्ध अन्त्यको निर्णायक प्रयास
२८ चैत्र २०८२, शनिबार
राजनिती, हेडलाइन
अमेरिका–इरानबीच दुई हप्ताको युद्धविराम प्रस्ताव, दीर्घकालीन शान्ति सम्झौता नजिक
२५ चैत्र २०८२, बुधबार
देश, प्रदेश २, राजनिती, हेडलाइन
नागरिकता मुद्दामा सहाबुदिनलाई अदालतबाट सफाइ, तर राजेशमान–सहाबुदिनबीच २० वर्षदेखिको
१८ चैत्र २०८२, बुधबार
देश, प्रदेश २, राजनिती, हेडलाइन
पर्सा–४ मा ठूलो उलटफेर: रास्वपाका टेकबहादुर शाक्य विजयी, पूर्व
२४ फाल्गुन २०८२, आईतवार
देश, प्रदेश २, राजनिती, हेडलाइन
पर्साका चारै क्षेत्रमा रास्वपाको अग्रता, क्षेत्र नं. १ मा
२३ फाल्गुन २०८२, शनिबार