May 31, 2026
Parsa, Nepal
प्रदेश २ हेडलाइन

कवाडीको तस्करि खुल्ला हुदै । रामजङ्ग पाण्डे गएसङ्गै तस्करहरु लाइन खुलाउन सक्रिय भएका छन ।

बिरगंज २भदौ ।
नेपालको प्रमुख नाका बिरगंजबाट रोकिएको कवाडीको तस्करी फेरि खुल्ने भएको छ। सशस्त्र प्रहरीका प्रहरी नायब निरीक्षक रामजङ्ग पाण्डेले रोकेको कवाडीको तस्करि उनको प्रमोशन भएर गए सङगै सेटिङ्ग मिलाएर फेरि खुल्ला गर्ने तयारी भएको हो ।
सशस्त्र प्रहरीका सशस्त्र प्रहरी नायब उपरीक्षक रामजङग पाण्डे बिरगंज भन्सारमा कार्यरत थिए उनको पोष्टिङग भएदेखि उनको अधिकार क्षेत्रबाट साना ठुलो सबै खाले तस्करि रोकिएको थियो त्यसमाथि नेपालबाट भारत तर्फ तस्करी हुने कवाडीको तस्करी पुर्णरुपले बन्द गरिदिएका थिए जस्तो सुकै दबाब र प्रलोभन आउदा पनि पाण्डेले लाइन दिएका थिएनन् र दिएनन् पनि यसै बिच उनको प्रमोशन भयो र उनि सशस्त्र प्रहरीको नायब उपरीक्षकबाट प्रहरी उपरीक्षकमा प्रमोशन भयो र उनि हेडक्वाटर गए त्यसपछि कवाडी लगायतका तस्करहरु सलबलाएका छन ।
रामजङग पाण्डेले आफ्नो जागिर समेतलाइ दाउमा राखी तस्करी नियन्त्रण गरेका थिए आफ्नै बिभागका उच्च अधिकारिहरुको निर्देशन समेतको अवज्ञा गर्दै तस्करी नियन्त्रण गर्ने प्रयास गरेका थिए तर अहिले आएर पाण्डेको प्रमोशन भएर गए सङगै कवाडीका तस्करहरु सलबलाएका छन भने नया आउने प्रमुखको अग्निपरिक्षाको समय आएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *