May 31, 2026
Parsa, Nepal
देश प्रदेश २ राजनिती समाज हेडलाइन

मेयर सिहले आफैलाइ जिताउने जनतामाथि बिभेद गरे ।

बिरगंज १५ भदौ।
बिरगंज महानगर पालिकाका मेयर राजेशमान सिहले आफुलाइ चुनावमा भोट दिएर जिताउने जनता माथी ठुलो बिभेद गरेको आरोप लागेको छ ।
बिरगंज महानगर पालिका वडा नम्बर ०१ को चालु आर्थिक बर्ष २०८०/८१ को बिकास बजेट मेयर
राजेशमान सिहले रोकेका छन । वडा समितिले योजना छनोट गरि पारित गराउदा बहुमत पुर्‍याउन नसकेको भन्दै बिकास बजेट रोकेका हुन । पाच सदस्य वडा समितिमा वडा सदस्य दिपेन्द्र राउत कुर्मि ,बिपिन साह कानु र महिला सदस्यले योजना छनोट गरि महानगरको परिषद बैठकमा पेश गर्नु पर्ने माइनुटमा सहि नगरेको कारण परिषदकाे बैंककबाट योजना पास हुन नसक्दा एक बर्षको बिकास अबरुद्ध भएको छ । माइनुटमा सहि नगर्ने तिनै जना वडा सदस्य मेयर राजेशमान सिहका नजिकका मानिस हुन ।

मेयर सिहको निर्देशनमा उनिहरुले योजना छनोट गर्दा माइनुटमा सहि गरेका थिएनन् जस्ले गर्दा बिरगंज महानगरपालिका वडा नम्बर ०१ को सम्पुर्ण बिकासको काम अबरुद्ध भएको छ । वडा अध्यक्ष मनोज राउत कुर्मिले योजना छनोट सके सर्बसहमत नसके बहुमतले पारित गर्नु पर्ने कानुनि ब्यबस्था भएको कारण आफु सङगा बहुमत नपुगेकोले परिषद बैठकमा योजना पेस हुन नसक्दा आफ्नो वडाकाे बिकास अबरुद्ध भएको बताए ।

राजेशमान सिहलाइ मेयर पदमा जिताउन वडा नम्बर ०१ बजार छपकैया र छपकैयाका जनताले ठुलो भुमिका निर्वाह गरेका थिए । सोहि वडा बाट सिहले सर्बाधिक मतपनि पाएका थिए तर आफ्नै पार्टिका वडा अध्यक्ष मनाेज राउत कुर्मिलाइ असफल पर्न पारित भएको नगर स्तरिय ६६ लाखको बिकास बजेट समेत मेयर सिहले रोक्का गरेर आफुलाइ मत दिएर जिताउने जनता माथि ठुलो बिभेद गरेका छन ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *