April 16, 2026
Parsa, Nepal
देश समाज हेडलाइन

विकास याेजनाकाे कामकाे बाधक नै वडा सदस्यहरु : अध्यक्ष राउतकाे आराेप

 

याेजना छनाेट प्रतिवेदनमा सदस्यहरुले हस्ताक्षर नगरेकाे ।

वीरगज साउन । वीरगंज महानगर पालिका वडा नं १ का वडा अध्यक्ष मनाेज राउत कुर्मीले वडा सदस्यकाे कारण विकास आयाेजनाहरु लागू हुन नसकेकाे बताएका छन भने सदस्यहरुले अध्यक्ष कुर्मीकाे कारण विकास निर्माण हुन नसकेकाे आराेप लगाएका छन ।आर्थिक वर्ष २०८०/८१ काे नगर विकास याेजना अन्तरगतमा सम्पुर्ण विकास याेजनाकाे कामहरु वडा सदस्यकाे बदमासीकाे कारण हुन नसकेकाे वीरगंज महानगरपालिका वडा नं १ का वडा अध्यक्ष मनाेज राउत कुर्मीले दाबि गरेका छन । राजनैतिक पुर्वाग्रहका कारणले गर्दा सदस्यहरुले विकास याेजनाकाे प्रतिवेदनमा हस्ताक्षर नगरेकाेले नगर स्तरिय विकास आयाेजनाहरु नपरेकाे वडा अध्यक्ष कुर्मीले बताएका छन ।

आ.व २०८०/८१ काे विकास याेजना सर्वसहमत हुनु पर्नेमा बहुमत पनि पुगेन ।सदस्यहरु आफैले दिएकाे याेजना प्रतिवेदनमा गरिएकाे भए पनि राजनैतिक आग्रह पुर्वाग्रहकाे कारण हस्ताक्षर नगरेकाेले महानगर पालिकाले याेजना छनाेट सिफारिस समितिमा पेश हुन नसकेकाे अध्यक्ष कुर्मीकाे आराेप छ । वडा सदस्य द्वय दिपेन्द्र राउत कुर्मी र विपिन साह कानुले भने पत्रकारहरुले गरेकाे प्रश्नकाे सही जवाफ दिएनन ।

वडा अध्यक्ष कुर्मीकाे व्यक्तिगत कामले गर्दा कार्यालयमा उपस्थित नरहने आफुहरु वडा भेला गरेर याेजना छनाेट गर्नु पर्छ भनी माग गर्दा आलटाल गरेकाे आराेप लगाएका छन ।

वडावासिले भने वडा अध्यक्ष कुर्मी र वडा सदस्यकाे आपसी समस्याका कारण वडा नं १ काे विकास निर्माण सेवा सुविधा माथि अवराेध भएकाे बताएका छन ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *