April 16, 2026
Parsa, Nepal
देश प्रदेश २ समाज हेडलाइन

वि.पि कोइरालाको ४१ औं स्मृति दिवसको अवसरमा वृक्षारोपण

वीरगन्ज, साउन ।
नेपालकाे प्रथम जन निर्वाचित प्रधानमन्त्री तथा नेपाली कांग्रेसका संस्थापक नेता स्वर्गीय विश्वेसर प्रसाद कोइरालाको ४१ औं स्मृति दिवसको अवसरमा शनिबार कांग्रेस पर्साले जिल्लाभरमा वृक्षारोपण कार्यक्रम गरेको छ ।
स्मृति दिवसकाे अवसरमा वीरगन्ज महानगरपालिका वडा नम्बर ३ र ४ मा पनि कांग्रेसको वडा कार्र्यसमितिको आयोजनामा वृक्षारोपण गरिएको छ । वडा नम्बर ३ मा पर्ने कब्रिस्तान परिसरमा र ४ मा पर्ने त्रिजुद्ध मा.वि मा विभिन्न प्रजातिका विरुवाहरु रोपिएको वीरगंज महानगरपालिका वडा नं ४ का अध्यक्ष  जगत प्रसाद साह कानुले बताए ।
यसै गरि स्मृति दिवसकाे अवसरमा पर्सागढि वडा नम्बर ८ ध्रमदेव कुमारकाे सभापतित्वमा विभिन्न प्रकारका ६०१ वटा बाेटविरुवा राेपाई गरिएकाे छ ।
पर्सागढिकाे वृक्षारोपण कार्यक्रममा प्रमुख अतिथि नेपाली काग्रेस मधेस प्रदेसका सदस्य एवम पर्सागढिका पुर्व मेयर लाेक नारायण यादव रहेका थिए भने विशिष्ठ अतिथि नेपाली काग्रेस क्षेत्रिय सभापति माेहम्मद सहाबुदिन अतिथि महाधिवेशन प्रतिनिधि शिवनारायण राम , क्षेत्रिय काेषाध्यक्ष बिनाेद ठाकुर , पर्सागढिका उपसभापति छाेटेलाल यादव ,नेवि संघ पर्साका अध्यक्ष ई. रमेश यादव ,बिट्टु पटेल,अग्न्ध चाैरसिया लगायतकाे उपस्थिति रहेकाे थियाे ।
कांग्रेस पर्साले ४१ औं विपी स्मृति दिवस सप्ताह व्यापी रुपमा मनाउने निर्णय गरे अनुसार शनिबार पहिलोदिन वृक्षारोपण गरिएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *