वीरगन्ज असार २०
पर्साको कालिकामाई गाउँपालिकाको वार्ड नम्बर ५ बिरञ्चीबर्वामा २०७९ असार २० गते सोमवारका दिन महिलाहरुको लागि महिलाहरुको क्षमता अभिबृद्धि ६ दिने तालिम समपन्न भएको छ । कालिकामाई गाउँपालिकाका को सहयोग तथा शहरी गरिब सशक्तिकरण समाजको आयोजनामा कार्यक्रम भएको हो । गाउँपालिकाको आर्थिक वर्ष २०७८।०७९ को बिनियोजित बजेटको अनुसार समाजिक बिकाश कार्यक्रम अनतर्गत कालिकामाई गाउँपालिका अन्तर्गतका महिलाहरुको लागि महिला क्षमता अभिबृद्धि ६ दिने तालिम आयोजन भएको पालिकाका प्रमुख प्रसाशकीय अधिकृत अमित गिरीले बताए ।
गाउँपालिका अन्तर्गतका महिलाहरुको सहभागितामा संचालन भएको सो कार्यक्रममा महिला तथा किशोरीहरुलाई विषयगत जानकारी र बौद्धिक बिकाश गराउदै क्षमता अभिबृद्धी गर्नको लागि, समाजमा नेतृत्वदायि तथा सिर्जनशील भुमिकाका लागि योग्य बनाउन र उनीहरुको अधिकार तथा सावलहरुसंग परिचित गराउन क्षमता अभिबृद्धि तालिम प्रदान गरिएको आयोजक संस्थाका अध्यक्ष जितेन्द्र गिरीले बताए । वडा नं ५ का वडा अध्यक्ष जयनारायण पटेल ज्यूको अध्यक्षतामा र प्रशिक्षक समेत रहेका नेपाल पत्रकार महासंघका केन्द्रीय सदस्य केसी लामिछानेको प्रमुख आतिथ्यमा २०७९ असार १५ गते बुधबार कार्यक्रम उदघाटन गरिएको थियो । ६ दिन तालिम संचालनपछि बुधवार यसको समापन गरिएको वडा अध्यक्ष पटेलले बताए ।
वडा अध्यक्ष पटेलकै अध्यक्षता तथा गाउापालिकाका अध्यक्ष वशिष्ट कुमारको प्रमुख आतिथ्यमा भएको तालिमको समापन तथा प्रमाणपत्र बितरण समारोह गरिएको हो । कार्यक्रममा आफनो मन्तवय ्व्यक्त गर्दै प्रम्ख अतिथी कुमारलेले महिलाहरु आफनो हकअधिकार आफै सुनिश्चित गर्न सक्छन र त्यसका लागि उनीहरुलाई क्षमता विकासमा सहयोग गर्दै सक्षम बन्ने बातावरण निर्माण आवश्यक रहेको बताए । आजका महिलाहरु हरेक निकायमा आफनो पहुच बनाएको देखिएका हुनाले यसपालिकाका महिलाहरु पनि त्यउसता अवसरका लागि योग्य बनुन भन्ने ध्येय रहेको उनले बताए । लामिछानेसहित ६ दिन को तालिम कार्यक्रममा प्रशिक्षकहरु रितेश त्रिपाठी, सलमा खातुन र माधुरी महतोले प्रशिक्षण दिएका थिए ।
Related Post
देश, प्रदेश २, समाज, हेडलाइन
सरकारी गाडीमै क्यासिनो पुगेका सखुवाप्रसौनीका अध्यक्ष पक्राउ, स्कोर्पियोसहित ८
२१ भाद्र २०८३, आईतवार
देश, प्रदेश २, समाज, हेडलाइन
प्रहरी कार्यालयकै नाकमुनि चोरीको आतंक, वडा प्रहरी कार्यालय बिर्ता
१८ भाद्र २०८३, बिहीबार
देश, प्रदेश २, समाज, हेडलाइन
रसुवाको बाढी–पहिरो पीडितका लागि वीरगञ्जको मदिना मस्जिदमा सहयोग संकलन,
१२ भाद्र २०८३, शुक्रबार
देश, समाज, हेडलाइन
प्रशासनको कमजोर निगरानी कि सेटिङको खेल ? पर्सामा मापदण्डविहीन
२६ जेष्ठ २०८३, मंगलवार
देश, प्रदेश २, समाज, हेडलाइन
वीरगञ्जको विडम्बना: एक मेयर धरौटीमा रिहा, अर्का पूर्वमेयर अख्तियारको
२१ जेष्ठ २०८३, बिहीबार