पर्सा । अमेरिकि राष्ट्रपति ट्रम्पले ईरानमाथिको आक्रमण अस्थायी रूपमा रोक्ने घोषणा गरेका छन्। उनले शहबाज शरिफ र असिम मुनिरसँगको छलफलपछि यस्तो निर्णय लिएको बताएका हुन्।
ट्रम्पका अनुसार पाकिस्तान पक्षले इरानमाथि हुने आक्रमण रोक्न आग्रह गरेको थियो। त्यसपछि इरानले Strait of Hormuz सुरक्षित, तुरुन्त र पूर्ण रूपमा खुला गर्ने सर्तमा अमेरिका दुई हप्ताका लागि बमबारी तथा सैन्य कारबाही स्थगित गर्न सहमत भएको हो।
उनले यो “दुवै पक्षीय युद्धविराम” हुने उल्लेख गर्दै अमेरिका आफ्ना सैन्य लक्ष्यहरू पूरा गरिसकेको र अब दीर्घकालीन शान्ति सम्झौताको अन्तिम चरणमा पुगेको दाबी गरेका छन्। ट्रम्पले इरानबाट १० बुँदे प्रस्ताव आएको र त्यसलाई वार्ताका लागि उपयुक्त आधार मानिएको पनि बताए।
ट्रम्पका अनुसार अमेरिका र इरानबीच विगतका धेरै विवादित विषयमा सहमति भइसकेको छ भने आगामी दुई हप्तामा औपचारिक सम्झौता टुंग्याउने लक्ष्य राखिएको छ। उनले यस कदमले मध्यपूर्वमा स्थायी शान्ति स्थापना हुने विश्वास व्यक्त गरेका छन्।
राजनिती
हेडलाइन
अमेरिका–इरानबीच दुई हप्ताको युद्धविराम प्रस्ताव, दीर्घकालीन शान्ति सम्झौता नजिक
- २५ चैत्र २०८२, बुधबार
- 301 Views
Related Post
देश, प्रदेश २, समाज, हेडलाइन
सरकारी गाडीमै क्यासिनो पुगेका सखुवाप्रसौनीका अध्यक्ष पक्राउ, स्कोर्पियोसहित ८
२१ भाद्र २०८३, आईतवार
देश, प्रदेश २, समाज, हेडलाइन
प्रहरी कार्यालयकै नाकमुनि चोरीको आतंक, वडा प्रहरी कार्यालय बिर्ता
१८ भाद्र २०८३, बिहीबार
देश, प्रदेश २, समाज, हेडलाइन
रसुवाको बाढी–पहिरो पीडितका लागि वीरगञ्जको मदिना मस्जिदमा सहयोग संकलन,
१२ भाद्र २०८३, शुक्रबार
देश, समाज, हेडलाइन
प्रशासनको कमजोर निगरानी कि सेटिङको खेल ? पर्सामा मापदण्डविहीन
२६ जेष्ठ २०८३, मंगलवार
देश, प्रदेश २, समाज, हेडलाइन
वीरगञ्जको विडम्बना: एक मेयर धरौटीमा रिहा, अर्का पूर्वमेयर अख्तियारको
२१ जेष्ठ २०८३, बिहीबार