October 3, 2025
Parsa, Nepal
देश प्रदेश २ समाज हेडलाइन

मेयर सिहको ठेकेदार अनियमित असुली गर्दैगर्दा पक्राउ । ठेक्दार सहित ८ जना बाउन्सर प्रहरी हिरासतमा ।

बीरगंज जेष्ठ ।
बीरगंज महानगर पालिकाका मेयर राजेशमान सिहका मानिस सञ्जय पटेलले गिट्टी बालुवाकाको कर उठाउन लिएकाे ठेक्कामा अबैध असुली गरेकाेले पर्सा प्रहरीद्वारा पक्राउ परेका छन ।
बीरगंजको भेडाहा खोलाबाट उत्खनन गरिने गिट्टी बालुवाको कर उठाउने ठेक्का मेयर सिहले आफ्नै मानिस सन्जय पटेलकाे शिव शान्ति कन्स्ट्रक्सनलाइ दिएका थिए । ठेक्का कम्पनीले गिट्टी बालुवा ढुवानी गर्ने ट्याक्टर तथा टिपरहरुबाट कर असुल गर्न परिचालन गरिएको मामिसहरुले मनपरि कर असुलेको फेलापरेपछि पर्सा प्रहरीले ठेकेदार सञ्जय पटेल सहित आठ जनालाई नियन्त्रणमा लिई हिरासतमा राखेको छ
श्राेतका अनुसार मेयर सिहका खास मानिस मध्य एक गिट्टी बालुवाका ठेक्दार सन्जय पटेलले अफ्ना मामिसहरु परिचालन गरेर गिट्टी बालुवाको कर असुल गर्न लगाएका थिए । त्यसरी कर असुल गर्दा एउटै नम्बरकाे रसिद दाेहर्याएर काटेकाे गुनासो आएपछि पर्सा प्रहरीले निगरानी बढाएको थियो । ठेक्दारका मनिसहरुले एउतै नम्बरको रसिद कर लिदा चार-पाच जनालाई दिएपछि प्रहरीले अनुसन्धानको लागी ठेकेदार पटेल सहित ८ जनालाई प्रहरीले नियन्त्रणमा लिएको हाे ।
वीरगंज महानगरका मेयर सिहको खास मानिस हु भनेर ऐनकानुन बिपरित महानगरबाट जारी भएको हुबहु नक्कली रसिद छपाइ गरि सोही नक्कलि बिलकाे कर असुल गर्दा दिने गरेको एक घटनाबाट खुलास भएको छ ।
ठेकेदर पटेलले नक्कली बिल छपाई गरि नगरपालिकाबाट जारी भएको बिल नदिएर नक्कली बिल दिने गरेको भेटिए पछि प्रहरीले कार्वाही गरेको हो ।
यस्मा ठुलै माछाको समेत सङ्लनता रहेको प्रहरीले आसङ्का गरेको छ भने पक्राउ परेका ब्यक्तिहरुसङ्ग बयान लिने काम भैरहेको प्रहरीले जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *