बीरगंज १० जेठ ।
नेपाली रेडक्रस सोसाइटीले सन्चालन गर्दै आएको रक्त सन्चार केन्द्र पदाधिकारी र कर्मचारी पोस्ने थलो बनेको छ। नेपाल रेडक्रस सोसाइटी पर्सा शाखाले सन्चालन गर्दै आएको रक्त सन्चार केन्द्र बीरगंज दाताले दान गरेको रगत बेचेर खाने थलो बनेको छ ।
रक्त सन्चार केन्द्र आफुले रक्त संकलन गर्ने कुनैपनि कार्यक्रम गर्दैन अरुले दान गरेको रगत बेचेर खाने मात्र काम गर्छ । बिभिन्न संघ सस्थाहरुले सेवाभावले सामुहिक रक्तदान कार्यक्रमको आयोजना गर्छन ।कोहि कसैले आफैले सेवाभाबले आफै गएर रक्तदान गरेका हुन्छन , दाताहरुले पनि कोहिकसैको जीवन रक्षा होस भन्ने पबित्र उद्येस्यले रक्तदान गरेका हुन्छन त्यही रगत बेचेर नेपाल रेडक्रसका पदाधिकारीहरु र कर्मचारीहरु पालिएका छन । सामाजिक संघ सस्थाहरुले रक्तदान कार्यक्रमको आयोजना गर्दा रक्तसञ्चार केन्द्रले पठाउने भनेको प्राबिधिक र रगत राख्ने बाक्सा मात्र हो ।
कार्यक्रमको लागी उसले कुनै पनि किसिमको सहयोग गर्दैन यहा सम्मकि रक्तसञ्चार केन्द्रले पठाएको प्राबिधिक टोलिलाइ आयोजकले खाजा र खाना खुवाउनु पर्छ र भत्ता सम्मकाे व्यवस्था गर्नु पर्छ । त्यसरी दाताले दान गरेको रगतमा रेडक्रसका पदाधिकारी र कर्मचारीको रजाई चल्छ । निशुल्क बितरण गर्नुपर्ने रगतको प्रति युनिट एक हजारकाे दरले बिरामिको आफन्त सङ्ग असुल गरिन्छ र त्यस्तो रकम पदाधिकारीको भत्ता र कर्मचारीको तलबमा खर्च गरिन्छ । रक्त सचार केन्द्र कतैबाट पनि सेवाभावले सन्चालन भएको देखिदैन रगत बेच्ने ब्यापारी पसल जस्तो देखिन्छ ।
अहिले रगतको अभाब भएको छ । रगत सङ्कल गर्ने तर्फ न त रेडक्रसका पदाधिकारी लागेका छन न त कर्मचारी नै अरुले दान गरिदिए बेचेर खाने मात्र हो । नेपाल रेडक्रस सोसाइटीका पदाधिकारी र कर्मचारीले रातो रगतको कालो धन्दा गरिरहेका छन यस तर्फ सम्बन्धित निकायको गम्भिर ध्यान जान जरुरी छ । मानिसले दान गरेको रगत बेचेर खाने रेडक्रसका पदाधिकारी र कर्मचारीलाइ रगत पिपासु भनेपनि फरक नपर्ने भएको छ । सेवाभवना भएको भए रेडक्रसले जागरण अभियान चलाउथ्यो दाता सस्थाहरुलाई कार्यक्रम गर्नुस लाग्ने ब्यबस्था हामी गर्छौ भन्ने थियो तर यहा त जनताको सहानुभूति भजाइदै छ जनताको सेवा भाबनालाई रेडक्रसले कमाएर खाने माध्यम बनाएको छ । मनिसको जीवन रक्षाको हवाला दिएर जनताको भाबनात्मक मनोभाबको गलत फाईदा उठाइदै छ । सेवा गर्नुपर्छ भन्ने सर्बमान्य शिध्यान्त हो सेवालाइ कामाउने धन्दा बनाइनु भनेको गलत मात्र होइन अपराध नै हो ।
देश
प्रदेश २
समाज
हेडलाइन
मानिसको रगत बेचेर पालिएका रेडक्रसका जन्तुहरु नेपाल रेडक्रसको रातो रगतको कालो धन्दा ।
- १० जेष्ठ २०८१, बिहीबार
- 374 Views

Related Post
देश, राजनिती, हेडलाइन
नेपालमा पहिलो महिला प्रधानमन्त्री : सुशीला कार्कीले शपथ ग्रहण
२७ भाद्र २०८२, शुक्रबार
देश, राजनिती, समाज, हेडलाइन
संविधान बचाउन युवाहरू एकजुट हुनुपर्नेमा वीरगञ्जमा जोड
२६ भाद्र २०८२, बिहीबार
देश, राजनिती, हेडलाइन
कांग्रेस महामन्त्रीहरूको सशक्त अपील : “संविधान बचाऔँ, युवाको आवाजलाई
२५ भाद्र २०८२, बुधबार