काठमाडौं, मंसिर । प्रमुख प्रतिपक्षी नेकपा (एमाले)को भ्रातृ संगठन राष्ट्रिय युवा संघ र मेडिकल व्यावसायी दुर्गा प्रसाईं समूहले (मंसिर ७ गते) आयोजना गर्ने प्रदर्शनलाई लक्षित गरेर प्रहरीले उपत्यकाको सुरक्षा व्यवस्था कडा पारेको छ । प्रर्दशनमा हुन सक्ने घुसपैठलाई नियन्त्रणमा लिन प्रहरीले राजधानीको विभिन्न शंकास्पद् ठाउँमा गस्ती, निगरानी तथा सुरक्षा चेकजाँच बढाएको छ ।
नेपाल प्रहरीका प्रवक्ता प्रहरी नायब महानिरीक्षक कुवेर कडायतका अनुसार अहिले काठमाडौँ छिर्ने मुख्य नाकाहरुमा आवश्यक प्रहरी परिचालन गरी सुरक्षा निकायले जाँचलाई कडा बनाएको छ । एकै दिन दुई समूहबाट हुन लागेको प्रदर्शनलाई ध्यानमा राखेर काठमाडौँ उपत्यकाको सुरक्षा व्यवस्था कडा पारिएको हो । ट्राफिक प्रहरीले उपत्यका प्रवेश गर्ने सबै नाकामा गाडीमा विशेष जाँच गर्न थालेको छ । गृह मन्त्रालयले आवश्यक शान्ति सुरक्षाका लागि सबै संयन्त्र परिचालन गरेको छ ।
मुख्य नाका थानकोटसहित फर्पिङ, मातातीर्थ, धुलिखेल, भक्तपुरको जगाती, चोभार लगायतका क्षेत्रमा गाडी रोकेर जाँच हुँदै आएको छ । जिल्ला प्रशासन कार्यालय काठमाडौंले दुई पक्षबीच मुठभेड र झडप हुन सक्ने सम्भावनालाई मध्यनजर गरी जुलुस, धर्ना, घेराउ, अनसन, सभा जस्ता आन्दोलन वा विरोधका कार्यक्रम गर्न नपाउने गरी निषेध आदेश नै जारी गरेको छ ।
देश
राजनिती
हेडलाइन
प्रहरीले उपत्यकाको सुरक्षा व्यवस्था कडा पारेको छ शान्ति सुरक्षाका लागि सबै संयन्त्र परिचालन गरेको छ ।
- ७ मंसिर २०८०, बिहीबार
- 367 Views
Related Post
देश, प्रदेश २, समाज, हेडलाइन
सरकारी गाडीमै क्यासिनो पुगेका सखुवाप्रसौनीका अध्यक्ष पक्राउ, स्कोर्पियोसहित ८
२१ भाद्र २०८३, आईतवार
देश, प्रदेश २, समाज, हेडलाइन
प्रहरी कार्यालयकै नाकमुनि चोरीको आतंक, वडा प्रहरी कार्यालय बिर्ता
१८ भाद्र २०८३, बिहीबार
देश, प्रदेश २, समाज, हेडलाइन
रसुवाको बाढी–पहिरो पीडितका लागि वीरगञ्जको मदिना मस्जिदमा सहयोग संकलन,
१२ भाद्र २०८३, शुक्रबार
देश, समाज, हेडलाइन
प्रशासनको कमजोर निगरानी कि सेटिङको खेल ? पर्सामा मापदण्डविहीन
२६ जेष्ठ २०८३, मंगलवार
देश, प्रदेश २, समाज, हेडलाइन
वीरगञ्जको विडम्बना: एक मेयर धरौटीमा रिहा, अर्का पूर्वमेयर अख्तियारको
२१ जेष्ठ २०८३, बिहीबार