पर्सा–बारामा हैजा नियन्त्रणका लागि व्यापक खोप अभियान सुरु, स्वास्थ्यकर्मी र स्थानीय निकाय पूर्ण सक्रिय
वीरगंज २६ असाेज । डेढ महिनादेखि पर्सा र बारा जिल्लामा फैलिएको हैजा र झाडापखालाको जोखिम अझै उच्च रहँदा, नेपाल सरकारले असोज २६ गतेदेखि व्यापक हैजा विरुद्धको खोप अभियान सुरु गरेको छ। वीरगञ्जस्थित जिल्ला प्रशासन कार्यालय पर्सामा आयोजित औपचारिक कार्यक्रममा प्रमुख जिल्ला अधिकारी तोयनारायण सुवेदीले स्वास्थ्यकर्मीको हातबाट खोप खाएर अभियानको शुभारम्भ गरेका थिए । उनले खोप