वीरगञ्ज, असोज २६ । राष्ट्रिय प्रजातन्त्र पार्टीले टिकट नदिएपछी बागी उम्मेदवारी दिएकी शान्ति देवीले उम्मेदवारी फिर्ता लिएकी छन् । राप्रपाको तर्फबाट पर्सा जिल्ला निर्वाचन क्षेत्र नं १ बाट प्रतिनिधि सभा सदस्यको लागि उम्मेदवारी दर्ता गराएकी देवीले उम्मेदवारी फिर्ता लिएकी हुन् ।
पार्टीले आफ्नो योग्दानको कदर गर्ने प्रतिबद्धता गरेपछि उनले बुधबार प्रमुख निर्वाचन अधिकृतको कार्यालय पुगेर उम्मेदवारी फिर्ता लिएकी हुन् । यसअघि पार्टीले एकलौटी गरेर राम्राभन्दा पनि आफ्नालाई स्थान दिएको उनको आरोप थियो ।
“पार्टीले गठबन्धन गरेर हाम्रो योग्दानलाई पाखा लगाईदिएको छ, अनि मैले स्वतन्त्र उम्मेदवारी दिएको हुँ”, उनले भनिन् । राप्रपा हाल पर्सामा सता गठबन्धनसँग तालमेल गरि निर्वाचमा होमिएको छ । सत्ता गठबन्धनका तर्फबाट पर्सा क्षेत्र नं १ बाट प्रतिनिधि सभाका लागि लक्ष्मणलाल कर्णको उम्मेदवारी छ ।