राजविराज । सरकार नागरिकलाई निःशुल्क स्वास्थ्य सेवा दिएको दाबी गर्छ। तर सप्तरीको राजविराजमा त्यही सरकारी स्वास्थ्य सेवाको वास्तविकता सडकको फुटपाथमा देखिएको छ।
राजविराज नगरपालिका–१४ पर्साहीकी बबिता पासवानले सरकारी गजेन्द्रनारायण सिंह सगरमाथा अस्पतालको अगाडिको फुटपाथमै बच्चा जन्माएकी छन्।
सुत्केरी व्यथा लागेपछि मंगलबार राति अस्पताल पुगेकी बबिताले आफूसँग पैसा नभएको बताएपछि अस्पतालले करिब २ हजार ५ सय रुपैयाँ पर्ने परीक्षण गराउन भनेको र भर्ना नगरी बाहिर पठाएको आरोप लगाएकी छन्।
अस्पतालभित्र उपचार नपाएपछि अन्ततः सुत्केरी पीडामा रहेकी महिला अस्पतालकै ढोकाबाहिर सडक पेटीमा प्रसूति हुनुपर्ने अवस्था आयो।
यो घटना एउटा विपन्न परिवारको पीडा मात्रै होइन, सरकारको स्वास्थ्य सेवा प्रणालीमाथि गम्भीर प्रश्न हो।
सरकार भन्छ— स्वास्थ्य नागरिकको मौलिक अधिकार हो।
सरकारी अस्पताल भन्छ— सबैलाई सेवा दिइन्छ।
तर बबिताको प्रश्न छ— पैसा नभएपछि त्यो अधिकार कहाँ गयो ?
यदि साँच्चै पैसा नभएकै कारण उनलाई भर्ना नदिइएको हो भने यसको जिम्मेवारी कसले लिने ?
स्वास्थ्य मन्त्रालयले लिने कि प्रदेश सरकार ? प्रदेश सरकारले लिने कि अस्पताल प्रशासन ? वा हरेक पटकजस्तै छानबिन समिति बनाएर सरकार आफ्नो जिम्मेवारीबाट पन्छिने ?
अस्पतालले भने बबिता राति करिब २ बजे भर्ना भएको र ल्याबमा गएर बाहिरिएको दाबी गरेको छ। घटनाबारे छानबिन समिति गठन गर्ने अस्पतालको भनाइ छ।
तर प्रश्न फेरि पनि उही छ—एउटी सुत्केरी महिला सरकारी अस्पतालको ढोकामा पुगेर फुटपाथमै बच्चा जन्माउन बाध्य भइन् भने राज्यको स्वास्थ्य प्रणाली कहाँ थियो ?
फुटपाथमा जन्मिएको यो बच्चा केवल एउटा परिवारको सन्तान होइन, राज्यको स्वास्थ्य व्यवस्थालाई सोधिएको कठोर प्रश्न बनेको छ।
देश
प्रदेश २
हेडलाइन
सरकारी अस्पतालको ढोकामै फुटपाथमा जन्मियो बच्चा !
- २५ भाद्र २०८३, बिहीबार
- 44 Views
Related Post
देश, प्रदेश २, समाज, हेडलाइन
सरकारी गाडीमै क्यासिनो पुगेका सखुवाप्रसौनीका अध्यक्ष पक्राउ, स्कोर्पियोसहित ८
२१ भाद्र २०८३, आईतवार
देश, प्रदेश २, समाज, हेडलाइन
प्रहरी कार्यालयकै नाकमुनि चोरीको आतंक, वडा प्रहरी कार्यालय बिर्ता
१८ भाद्र २०८३, बिहीबार
देश, प्रदेश २, समाज, हेडलाइन
रसुवाको बाढी–पहिरो पीडितका लागि वीरगञ्जको मदिना मस्जिदमा सहयोग संकलन,
१२ भाद्र २०८३, शुक्रबार
देश, समाज, हेडलाइन
प्रशासनको कमजोर निगरानी कि सेटिङको खेल ? पर्सामा मापदण्डविहीन
२६ जेष्ठ २०८३, मंगलवार
देश, प्रदेश २, समाज, हेडलाइन
वीरगञ्जको विडम्बना: एक मेयर धरौटीमा रिहा, अर्का पूर्वमेयर अख्तियारको
२१ जेष्ठ २०८३, बिहीबार