April 15, 2026
Parsa, Nepal
अर्थतन्त्र राजनिती हेडलाइन

हर्मुज जलडमरूमध्यमा तनाव बढ्दै: अमेरिकी नाकाबन्दीपछि ट्रम्पको इरानलाई कडा चेतावनी

पर्सा ३० चैत्र | विश्वको सबैभन्दा संवेदनशील समुद्री मार्गमध्ये एक Strait of Hormuz मा तनाव झन् चुलिएको छ। जहाज ट्र्याकिङ प्लेटफर्म MarineTraffic का अनुसार सो क्षेत्रमा तेल तथा ग्यास ट्यांकरसहित विभिन्न जहाजहरूको गतिविधि निरन्तर बढिरहेको देखिएको छ। MarineTraffic को डाटाअनुसार रातो चिन्हले तेल र ग्यास बोकेका ट्यांकरहरूलाई जनाउँछ भने हरियो चिन्हले अन्न तथा फलाम जस्ता वस्तु ढुवानी गर्ने ड्राइ बल्क क्यारियरहरू देखाउँछन्। त्रिकोण आकारका चिन्हहरू चलिरहेका जहाज हुन् भने गोलाकार चिन्हले रोकिएका वा एंकर गरिएको जहाज संकेत गर्छ।
यसैबीच, अमेरिकी राष्ट्रपति Donald Trump ले इरानविरुद्ध कडा चेतावनी दिएका छन्। उनले अमेरिकी समुद्री नाकाबन्दी नजिक आउने इरानी फास्ट-अट्याक डुंगाहरूलाई तत्काल ध्वस्त पारिने चेतावनी दिएका हुन्। ट्रम्पले भनेका छन्, हामीले समुद्रमा लागू गर्ने आक्रमण प्रणाली छिटो र कठोर हुन्छ, जसले ड्रग तस्करीविरुद्ध प्रयोग गरिएको अमेरिकी रणनीतिलाई संकेत गर्छ। अमेरिकाले पछिल्ला महिनाहरूमा क्यारिबियन र प्यासिफिक क्षेत्रमा शंकास्पद डुंगाहरूविरुद्ध दर्जनौं आक्रमण गरिसकेको छ, जसमा १०० भन्दा बढी मानिसको ज्यान गएको बताइएको छ।

हर्मुज क्षेत्रमा हस्तक्षेप भए कडा जवाफ दिने इरानको चेतावनी काठमाडौं | Iran ले Strait of Hormuz को सुरक्षामा कुनै पनि विदेशी सैन्य हस्तक्षेप भए त्यसले संकट झन् बढाउने चेतावनी दिएको छ। इरानी सरकारी सञ्चारमाध्यम Press TV का अनुसार रक्षा मन्त्रालयका प्रवक्ता ब्रिगेडियर जनरल Reza Talaei-Nik ले आक्रमण भएमा इरानले निर्णायक प्रतिक्रिया दिन कुनै हिचकिचाहट नगर्ने बताएका छन्। उक्त वक्तव्यमा Donald Trump लाई लक्षित गर्दै हर्मुज जलडमरूमध्य र ओमान सागरमा कुनै पनि सैन्य हस्तक्षेप असफल हुने र यसले अमेरिका सहित विश्वका लागि थप पराजय निम्त्याउने दाबी गरिएको छ।

विशेषज्ञहरूका अनुसार इरानको परम्परागत नौसेना कमजोर भए पनि Islamic Revolutionary Guard Corps सँग अझै पनि छिटो आक्रमण गर्ने डुंगा, साना पनडुब्बी, समुद्री बारुद (माइन) र विस्फोटकसहितका जेट स्की जस्ता विकल्पहरू छन्। अमेरिका इरानबीचको बढ्दो तनावका कारण Strait of Hormuz क्षेत्रमा सुरक्षा चिन्ता बढ्दै गएको छ, जसले विश्व बजारमा तेल आपूर्तिमा समेत असर पार्न सक्ने विश्लेषण गरिएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *