वीरगंज १४ फाल्गुन । वडा नम्बर १ को चुनावी राजनीतिमा निर्णायक मानिने मनोज–सहाबुद्दिनको जोडी पुनः एकजुट भएसँगै नेपाली कांग्रेसको चुनावी अभियानले नयाँ गति लिएको छ। यही जोडीको सक्रिय समर्थनले कांग्रेस उम्मेदवार अजय चौरसियालाई फेरि जिततर्फ डोर्याउने आधार बलियो बनेको स्थानीय राजनीतिक वृत्तको विश्लेषण छ।
विगतमा नेपाली कांग्रेससँग असन्तुष्ट हुँदै जनता समाजवादी पार्टीबाट वडा अध्यक्षमा निर्वाचित भएका मनोज राउत कुर्मी पुनः कांग्रेसमै फर्किएपछि राजनीतिक समीकरण नाटकीय रूपमा परिवर्तन भएको हो। कांग्रेस क्षेत्रीय सभापति मोहम्मद सहाबुद्दिनसँगको लामो समयदेखिको मनमुटाव अन्त्य भएसँगै यो पुनर्मिलन सम्भव भएको नेताहरू बताउँछन्।
मनोज र सहाबुद्दिनबीचको विवादकै कारण मनोजले कांग्रेस परित्याग गरी जसपाबाट टिकट लिएर वडा अध्यक्ष जितेका थिए। तर आपसी समझदारी र राजनीतिक यथार्थ बुझ्दै उनी पुनः कांग्रेस प्रवेश गरेका छन्। यही अवसरमा वडा नम्बर १ मा आयोजित रात्री भेलामा वडा अध्यक्ष मनोज राउत कुर्मीले उम्मेदवार अजय चौरसियालाई १५० किलोको मालाले भव्य स्वागत गर्दै खुला समर्थनको सन्देश दिएका छन्।
यसअघि सम्पन्न निर्वाचनमा पनि वडा नम्बर १ मा अजय चौरसियाको जित मनोज–सहाबुद्दिनको जोडीकै रणनीति र प्रभावका कारण सम्भव भएको थियो। त्यसैले यसपटक पनि यही जोडी चुनावी मैदानमा सक्रिय बनेपछि कांग्रेसको पक्षमा माहोल झन् मजबुत बन्दै गएको देखिन्छ।
रात्री भेलाको सभापतित्व बुथ सभापति विजय साहले गरेका थिए। प्रमुख अतिथिका रूपमा उम्मेदवार अजय चौरसिया उपस्थित थिए भने विशिष्ट अतिथिहरूमा पूर्व प्रदेश सांसद ओमप्रकाश शर्मा, क्षेत्रीय सभापति मोहम्मद सहाबुद्दिन, महिला नेतृ मिन्टु देवी सिंह, प्रीति सिंह, वुथ नम्बर ३ का सभापति शेख निजामुद्दिन लगायत नेता तथा कार्यकर्ताको उल्लेखनीय उपस्थिति रहेको थियो।
स्थानीय राजनीतिक जानकारहरूका अनुसार, मनोज–सहाबुद्दिनको जोडी पुनः सक्रिय हुनु कांग्रेसका लागि ‘गेम चेन्जर’ सावित हुन सक्छ, जसको प्रत्यक्ष लाभ अजय चौरसियालाई पुग्ने लगभग निश्चित देखिन्छ।
देश
प्रदेश २
राजनिती
समाज
हेडलाइन
स्थानीय राजनीतिमा टर्निङ पोइन्ट, मनोज–सहाबुद्दिन एक भएपछि कांग्रेस बलियो
- १५ फाल्गुन २०८२, शुक्रबार
- 299 Views
Related Post
अर्थतन्त्र, राजनिती, हेडलाइन
हर्मुज जलडमरूमध्यमा तनाव बढ्दै: अमेरिकी नाकाबन्दीपछि ट्रम्पको इरानलाई कडा
३० चैत्र २०८२, सोमबार
विविध, हेडलाइन
अमेरिका–इरान प्रत्यक्ष वार्ता सुरु, पाकिस्तानमा युद्ध अन्त्यको निर्णायक प्रयास
२८ चैत्र २०८२, शनिबार
राजनिती, हेडलाइन
अमेरिका–इरानबीच दुई हप्ताको युद्धविराम प्रस्ताव, दीर्घकालीन शान्ति सम्झौता नजिक
२५ चैत्र २०८२, बुधबार
देश, प्रदेश २, राजनिती, हेडलाइन
नागरिकता मुद्दामा सहाबुदिनलाई अदालतबाट सफाइ, तर राजेशमान–सहाबुदिनबीच २० वर्षदेखिको
१८ चैत्र २०८२, बुधबार
देश, प्रदेश २, राजनिती, हेडलाइन
पर्सा–४ मा ठूलो उलटफेर: रास्वपाका टेकबहादुर शाक्य विजयी, पूर्व
२४ फाल्गुन २०८२, आईतवार
देश, प्रदेश २, राजनिती, हेडलाइन
पर्साका चारै क्षेत्रमा रास्वपाको अग्रता, क्षेत्र नं. १ मा
२३ फाल्गुन २०८२, शनिबार