वीरगंज १५ माघ ।
पर्सा क्षेत्र नं. १ का नेपाली कांग्रेस उम्मेदवार अनिल कुमार रुंगटा आज नागवा क्षेत्रमा घरदैलो अभियानमा सक्रिय देखिनुभयो। बिहानैदेखि गल्ली–गल्ली पुगेका रुंगटाले स्थानीय जनतासँग प्रत्यक्ष भेट गर्दै आफ्नो एजेन्डा राख्नुभयो र आगामी निर्वाचनमा समर्थनको आग्रह गर्नुभयो।
घरदैलो क्रममा रुंगटाले बिगतका राजनीतिक अभ्यासले जनतामा पैदा गरेको निराशा स्वीकार्दै भन्नुभयो, “अब भरोसा भाषणमा होइन, काममा देखिनुपर्छ। म नयाँ आशा र विश्वासको प्रतिनिधि भएर आएको छु।”
स्थानीय बासिन्दाहरूले रोजगारी, सडक, खानेपानी र स्वास्थ्य सेवाका समस्या सुनाउँदा रुंगटाले ती मुद्दालाई पहिलो प्राथमिकतामा राख्ने प्रतिबद्धता व्यक्त गर्नुभयो। धेरै मतदाताले ‘व्यवसायिक अनुभव भएको उम्मेदवार’ का रूपमा रुंगटाप्रति विश्वास बढ्दै गएको प्रतिक्रिया दिएका छन्।
घरदैलोमा देखिएको उत्साहले नागवामा चुनावी माहोल थप तातेको छ। मतदाताहरूले यसपटक पुराना अनुहारभन्दा परिणाम दिन सक्ने नेतृत्व खोजिरहेको संकेत स्पष्ट देखिएको छ।
निर्वाचन नजिकिँदै गर्दा अनिल रुंगटाको घरदैलो अभियानले पर्सा क्षेत्र नं. १ मा नयाँ राजनीतिक ऊर्जा थपेको छ।
प्रदेश २
राजनिती
हेडलाइन
जनताको ढोकामा कांग्रेस — नागवामा अनिल रुंगटाको भरोसाको यात्रा
- १६ माघ २०८२, बिहीबार
- 185 Views
Related Post
देश, प्रदेश २, राजनिती, हेडलाइन
नागरिकता मुद्दामा सहाबुदिनलाई अदालतबाट सफाइ, तर राजेशमान–सहाबुदिनबीच २० वर्षदेखिको
१८ चैत्र २०८२, बुधबार
देश, प्रदेश २, राजनिती, हेडलाइन
पर्सा–४ मा ठूलो उलटफेर: रास्वपाका टेकबहादुर शाक्य विजयी, पूर्व
२४ फाल्गुन २०८२, आईतवार
देश, प्रदेश २, राजनिती, हेडलाइन
पर्साका चारै क्षेत्रमा रास्वपाको अग्रता, क्षेत्र नं. १ मा
२३ फाल्गुन २०८२, शनिबार
देश, राजनिती, हेडलाइन
पर्साका ४ वटै क्षेत्रमा रास्वपा अगाडि, कांग्रेस–एमाले पछि
२३ फाल्गुन २०८२, शनिबार