April 6, 2026
Parsa, Nepal
देश प्रदेश २ राजनिती हेडलाइन

मुस्लिम समुदायको एकताबद्ध संकल्प, अनिल रुंगटालाई जिताउने प्रतिवद्धता

इरफान अली
पर्सा १३ माघ । प्रतिनिधिसभा निर्वाचन नजिकिँदै गर्दा नेपाल मुस्लिम संघ पर्साले पर्सा क्षेत्र नं. १ मा नेपाली कांग्रेसका उम्मेदवार अनिल कुमार रुंगटालाई विजयी गराउने उद्देश्यले विशेष चुनावी भेला सम्पन्न गरेको छ। यही फागुन २१ गते हुन लागेको निर्वाचनमा क्षेत्र नं. १ का जनताको आशा र विकासको भरोसा बोकेका उम्मेदवार अनिल रुंगटाको समर्थनमा मुस्लिम समुदाय एकजुट भएको सन्देश उक्त भेलाले दिएको छ।
भेलालाई सम्बोधन गर्दै नेपाली कांग्रेस पर्साका क्षेत्र २का सभापति  माेहम्मद सहाबुदिले भने, “पर्सा क्षेत्र नं. १ को समग्र विकास र जनताको अधिकार सुनिश्चित गर्न अनिल कुमार रुंगटाको जित अनिवार्य छ। उहाँ विकासका प्रतिविम्ब हुनुहुन्छ। उहाँको विजय नै यहाँका बासिन्दाको विजय हुनेछ।”
नेपाली कांग्रेस पर्साका उपसभापति रामनारायण कुर्मीले मुस्लिम समुदायको निर्णायक भूमिकातर्फ संकेत गर्दै भने,
“यस निर्वाचनमा मुस्लिम समुदायको एकताले परिणाम बदल्न सक्छ। अनिल रुंगटाको जितले क्षेत्र नं. १ का जनताले प्रत्यक्ष लाभ पाउनेछन्।”
कार्यक्रमका मुख्य वक्ता तथा उम्मेदवार अनिल कुमार रुंगटाले भावुक हुँदै जनतासँग प्रतिवद्धता व्यक्त गरे,
“यो क्षेत्र मेरो जिम्मेवारी हो। यहाँका समस्या मेरा आफ्नै समस्या हुन्। म संसदमा तपाईंहरूको आवाज बनेर बोल्नेछु। आवश्यक परे तपाईंहरूसँग काँधमा काँध मिलाएर अगाडि बढ्नेछु।”
उनको भनाइले भेलामा उपस्थित जनसमुदाय उत्साहित बनेका थिए। उपस्थित स्थानीयले एक स्वरमा “अनिल रुंगटा जिन्दाबाद” भन्दै विजय सुनिश्चित गर्ने नारासमेत लगाए। मुस्लिम समुदायले आफ्नो मतदान नेपाली कांग्रेसलाई समर्पित गर्ने प्रतिबद्धता जनाएका छन्।
भेलामा नेपाली कांग्रेस पर्सा क्षेत्र नं. १ का उम्मेदवार अनिल कुमार रुंगटा, पर्सा जिल्ला उपसभापति रामनारायण कुर्मी, जिल्ला सचिव इम्तियाज आलम, क्षेत्र नं. २ का सभापति महमद सहाबुद्दिन, मुस्लिम समुदायका अगुवा कार्यकर्ता तथा स्थानीय बासिन्दाको बाक्लो उपस्थिति रहेको थियो। कार्यक्रम नेपाल मुस्लिम संघ पर्साका जिल्ला अध्यक्ष हबिब मियाको अध्यक्षतामा सम्पन्न भएको हो।
आज पर्सा क्षेत्र नं. १ मा चुनाव केवल प्रतिस्पर्धा होइन, आशा, भरोसा र समावेशी विकासको परीक्षा बनेको छ र त्यो भरोसाको नाम अनिल कुमार रुंगटा।

Leave a Reply

Your email address will not be published. Required fields are marked *