पर्सा १२ माघ । नेकपा पर्सा क्षेत्र नं. १ का प्रतिनिधिसभा उम्मेदवार तथा चार्टर्ड एकाउन्टेन्ट अजय चौरसियाले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) र ‘घण्टी’ चुनाव चिह्नप्रति गम्भीर चेतावनी दिएका छन्।
आफ्नो चुनावी अभियान अन्तर्गत गरिएको सर्वेक्षणको नतिजा सार्वजनिक गर्दै चौरसियाले भने, “मत भावनामा होइन, विवेकमा आधारित हुनुपर्छ। घण्टीले देशलाई गलत दिशातर्फ लैजान सक्छ। नेपालले प्रयोगको राजनीति होइन, अनुभवी नेतृत्व खोजिरहेको छ।”
उनका अनुसार पर्सा क्षेत्र नं. १ मा गरिएको जनमत सर्वेक्षणले युवाहरुकाे रास्वपाप्रति प्रारम्भिक आकर्षण भए पनि दीर्घकालीन नीति र स्पष्ट कार्ययोजनाको अभाव देखाएको छ।
चौरसियाले थपे “देश चलाउन नारा होइन, नीति चाहिन्छ। भावनामा बगेको मतले भोलि ठूलो राष्ट्रिय दुर्घटना निम्त्याउन सक्छ।”
उनले विकास, रोजगारी, आर्थिक सुधार र सुशासनका लागि अनुभवी तथा उत्तरदायी नेतृत्व आवश्यक रहेको भन्दै मतदातालाई सचेत निर्णय गर्न आग्रह गरे।
देश
प्रदेश २
राजनिती
हेडलाइन
“मत भावनाले होइन, विवेकले हालौँ — घण्टीले नेपालमा ठूलो दुर्घटना निम्त्याउन सक्छ” :नेकपा उम्मेदवार अजय चौरसिया
- १३ माघ २०८२, सोमबार
- 359 Views
Related Post
देश, प्रदेश २, समाज, हेडलाइन
सरकारी गाडीमै क्यासिनो पुगेका सखुवाप्रसौनीका अध्यक्ष पक्राउ, स्कोर्पियोसहित ८
२१ भाद्र २०८३, आईतवार
देश, प्रदेश २, समाज, हेडलाइन
प्रहरी कार्यालयकै नाकमुनि चोरीको आतंक, वडा प्रहरी कार्यालय बिर्ता
१८ भाद्र २०८३, बिहीबार
देश, प्रदेश २, समाज, हेडलाइन
रसुवाको बाढी–पहिरो पीडितका लागि वीरगञ्जको मदिना मस्जिदमा सहयोग संकलन,
१२ भाद्र २०८३, शुक्रबार
देश, समाज, हेडलाइन
प्रशासनको कमजोर निगरानी कि सेटिङको खेल ? पर्सामा मापदण्डविहीन
२६ जेष्ठ २०८३, मंगलवार
देश, प्रदेश २, समाज, हेडलाइन
वीरगञ्जको विडम्बना: एक मेयर धरौटीमा रिहा, अर्का पूर्वमेयर अख्तियारको
२१ जेष्ठ २०८३, बिहीबार