पुस १८ काठमाण्डाै ।
झापाको भद्रपुर विमानस्थलमा अवतरणका क्रममा रनवेबाट चिप्लिएको बुद्ध एयरको विमान दुर्घटनाबारे छानबिन सुरु गरिएको छ। घटनाको कारण पत्ता लगाउन काठमाडौँबाट प्राविधिकसहितको टोली झापातर्फ प्रस्थान गरेको छ।
शुक्रबार राति ९एन–एमएफ कलसाइन भएको बुद्ध एयरको एटीआर–७२ विमान अवतरण गर्ने क्रममा नियन्त्रण गुमाउँदै रनवे बाहिर पुगेको थियो। दुर्घटनापछि नागरिक उड्डयन प्राधिकरण, बुद्ध एयर र सुरक्षा निकायका प्रतिनिधि सहभागी टोली चन्द्रगढी पुगेर आवश्यक प्राविधिक जाँच गर्ने तयारीमा छ।

टोलीमा नागरिक उड्डयन प्राधिकरणका निमित्त महानिर्देशक देवचन्द्र लाल कर्ण, त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलका महाप्रबन्धक टेकनाथ सिटौला, बुद्ध एयरका उच्च व्यवस्थापन, नेपाली सेना, उद्धारकर्मी तथा इन्जिनियर प्राविधिकहरू रहेका छन्।
प्राविधिक जाँचपछि विमानको अवस्था, रनवे र मौसमसम्बन्धी पक्षको अध्ययन गरिने र दुर्घटनाको सम्भावित कारणबारे आधिकारिक जानकारी सार्वजनिक गरिने जनाइएको छ।
विमानमा सवार ५१ जना यात्रु सबै सकुशल रहेको नागरिक उड्डयन प्राधिकरणले पुष्टि गरेको छ।
देश
हेडलाइन
भद्रपुर विमान दुर्घटना : कारण पत्ता लगाउन प्राविधिक टोली सक्रिय
- १९ पुष २०८२, शनिबार
- 322 Views
Related Post
देश, प्रदेश २, समाज, हेडलाइन
सरकारी गाडीमै क्यासिनो पुगेका सखुवाप्रसौनीका अध्यक्ष पक्राउ, स्कोर्पियोसहित ८
२१ भाद्र २०८३, आईतवार
देश, प्रदेश २, समाज, हेडलाइन
प्रहरी कार्यालयकै नाकमुनि चोरीको आतंक, वडा प्रहरी कार्यालय बिर्ता
१८ भाद्र २०८३, बिहीबार
देश, प्रदेश २, समाज, हेडलाइन
रसुवाको बाढी–पहिरो पीडितका लागि वीरगञ्जको मदिना मस्जिदमा सहयोग संकलन,
१२ भाद्र २०८३, शुक्रबार
देश, समाज, हेडलाइन
प्रशासनको कमजोर निगरानी कि सेटिङको खेल ? पर्सामा मापदण्डविहीन
२६ जेष्ठ २०८३, मंगलवार
देश, प्रदेश २, समाज, हेडलाइन
वीरगञ्जको विडम्बना: एक मेयर धरौटीमा रिहा, अर्का पूर्वमेयर अख्तियारको
२१ जेष्ठ २०८३, बिहीबार