काठमाडौं । मुलुक फेरि एकपटक चुनावी यात्रामा उभिएको छ । शुक्रबार राति देशको राजनीतिक समीकरण उल्टिएको छ । पूर्वप्रधानन्यायाधीश सुशीला कार्कीलाई प्रधानमन्त्री नियुक्त गर्दै राष्ट्रपति रामचन्द्र पौडेलले प्रतिनिधिसभा विघटन गरेका छन्।
जेनजी आन्दोलनले सिर्जना गरेको जनदबावपछि संविधानमै निहित अधिकार प्रयोग गर्दै राष्ट्रपति पौडेलले कार्कीलाई मुलुकको ४२औं प्रधानमन्त्री नियुक्त गरेका हुन्। कार्कीको सिफारिससँगै राति ११ बजेदेखि प्रतिनिधिसभा विघटन भएको राष्ट्रपतिको कार्यालयले विज्ञप्ति मार्फत् जानकारी दिएको छ।

अब आगामी फागुन २१ गते नयाँ प्रतिनिधिसभाको निर्वाचन हुने तय भएको छ। राष्ट्रपति निकट स्रोतका अनुसार चुनावी तयारी तत्कालै थालिनेछ र निर्वाचन आयोगलाई आवश्यक निर्देश जारी गर्न लागिएको छ।
यस घटनाले नेपाली राजनीतिलाई नयाँ मोडमा डो¥याएको छ। आन्दोलित पुस्ता ‘निर्णायक भूमिकामा पुगेको’ व्याख्या भइरहेका बेला मुलुक फेरि चुनावी मैदानमा उत्रनु इतिहासको संवेदनशील क्षण मानिएको छ।
देश
राजनिती
हेडलाइन
संसद् विघटन : कार्की प्रधानमन्त्री, चुनाव फागुन २१ मा
- २८ भाद्र २०८२, शनिबार
- 544 Views
Related Post
देश, प्रदेश २, समाज, हेडलाइन
सरकारी गाडीमै क्यासिनो पुगेका सखुवाप्रसौनीका अध्यक्ष पक्राउ, स्कोर्पियोसहित ८
२१ भाद्र २०८३, आईतवार
देश, प्रदेश २, समाज, हेडलाइन
प्रहरी कार्यालयकै नाकमुनि चोरीको आतंक, वडा प्रहरी कार्यालय बिर्ता
१८ भाद्र २०८३, बिहीबार
देश, प्रदेश २, समाज, हेडलाइन
रसुवाको बाढी–पहिरो पीडितका लागि वीरगञ्जको मदिना मस्जिदमा सहयोग संकलन,
१२ भाद्र २०८३, शुक्रबार
देश, समाज, हेडलाइन
प्रशासनको कमजोर निगरानी कि सेटिङको खेल ? पर्सामा मापदण्डविहीन
२६ जेष्ठ २०८३, मंगलवार
देश, प्रदेश २, समाज, हेडलाइन
वीरगञ्जको विडम्बना: एक मेयर धरौटीमा रिहा, अर्का पूर्वमेयर अख्तियारको
२१ जेष्ठ २०८३, बिहीबार