April 16, 2026
Parsa, Nepal
देश प्रदेश २ हेडलाइन

कानुनकाे नजरमा सब बराबर गलत गर्ने मेयर पनि कानुनकाे फन्दामा पर्ने – पुर्व मन्त्रि गगन थापा

बिरगंज २० माघ ।
नेपाली काग्रेसका महामन्त्री गगन कुमार थापाले नागरिकता किर्ते गर्ने सर्वसाधारणलाई जुन कानुन लागेर सजाय पाउछ मेयरलाइ पनि त्यहि कानुन अनुसार सजाय हुन्छ भन्नुभएकाे छ।
महामन्त्री थापा ग्रासरुटमा बसोबास गर्ने आम नागरिकताका समस्याहरुलाइ बुझेर समाधानको प्रयासमा नेपाली काङ्ग्रेस समुदायमा अभियान सन्चालन गर्दै बिरगंज आइपुग्नु भएका बेला एक कार्यक्रममा बोल्नुहुदै सर्बसाधारणले नागरिकता किर्ते गर्दा जुन कानुन लागेर सजाय हुन्छ मेयर मन्त्री जोकोहिलाइ पनि त्यही कानुन लग्छ र सजाय हुन्छ भन्नु भएको हो।

नेपाली काग्रेंसका महामन्त्री गगन थापालाई मायाकाे चिनाे हस्तान्त्रण गर्दै नेपाली काग्रेस पर्सा क्षेत्र २ का सभापति माेहम्मद सहाबुदिन ।

प्रतिनिधि सभाको सदस्य समेत रहनुभएका थापाले सानालाई कानुन लाग्ने र ठुलालाई कानुन नलाग्ने भन्ने हुदैन कोहि मेयर हु मन्त्री हु भन्दैमा उन्मुक्ति पाउदैन भन्नु भयो ।
पुर्व मन्त्रि थापाले बिरगंज महानगर पालिकाका मेयर राजेशमान सिहको किर्ते नागरिकता सम्बन्धिको मुद्दालाई लक्षित गर्दै आगाडि भन्नु भयो कानुनको नजरमा कोहि साना ठुलो हदैन जस्तो अपराध गर्छ त्यहिअनुसारको सजाय पनि पाउछ ठुलो मानिस हु भन्दैमा कसैले पनि उनमुक्ति पाउदैन सजाय हुन्छ भ्रम नपाले हुन्छ भन्नुभयो । उहाले छानबिन प्रकृया सुरुभैसकेको छ दोषी उम्कन पाउनु हुदैन भन्नु भयो ।

भिडियाे लिंक  https://www.facebook.com/share/v/yf6zdbM7Lc2b2wXr/?mibextid=oFDknk

Leave a Reply

Your email address will not be published. Required fields are marked *