बिरगंज १८ माघ । बिरगंज महानगर पालिकाका मेयर राजेशमान सिहले बिकास बिरोधिहरुले काम गर्न नदिएको भन्दै नागरिक समाजको नाममा बिरगंजमा प्रर्दशन गरिएको छ । केहि वडा अध्यक्षले भने किर्ते नागरिकता प्रकरण दबाउन मेयर सिहले प्रर्दशन गर्न लगाएको आरोप लागएका छन ।
अरुको छोरिलाइ किर्ते गरेर मेयर राजेशमान सिहले अफ्नो छोरी भनी जिल्ला प्रशासन कार्यालय पर्साबाट नागरिकता दिलाएको अरोप लागाउदै विपक्षी र नागरिक समाज केहि राजनैतिक दलका नेताहरुले कार्वाहीको माग गर्दै जिल्ला प्रशासन , जिल्ला प्रहरी ,गृहमन्त्रालय , सिआइबि , अख्तियार लगायतको निकायमा उजुरी दर्ता गरेपछि मेयर सिह आतिएर अफ्ना पक्षका वडा अध्यक्ष सदस्य केहि आफु निकटका ब्यक्तिहरु र पार्टी कार्यकर्ता हरुलाइ जम्मा गरेर जिल्ला प्रशासन कार्यालय पर्सामा ज्ञापनपत्र बुझाउन लगाएर बिरगंज महानगरमा प्रर्दशन गर्न लागएको विपक्षीले आरोप लागाएका छन । उनिहरुले बिकास बिरोधि भने पनि मुख्य उदेश्य भनेको किर्ते नागरिकता प्रकरणलाई प्रभाबित गर्ने हो । बिरगंज महानगर पालिका वडा नम्बर १ का अध्यक्ष मनोज राउत कुर्मिले के को लागी मेयर बिरोध प्रर्दशन गर्न लगाएका हुन आफुले नबुझेको बताएका छन । कानुनले गर्ने काम कानुनले गर्छ दबाब दिएर हुदैन भन्नुभयो ।

मेयर सिहले आफु बिरुद्धको कार्यवाही रोक्न दबाब दिन प्रर्दशन गर्न लागएको र त्यसको लागी मेयर सिह र वडा अध्यक्षहरुले पैसाको खोलो बगाएको पनि विपक्षीहरुको आरोप छ ।
नागरिक समाजले पनि मेयर सिहको समर्थनामा जुलुस निकाल्न आवश्यक नभएको बताउछन् । उनि बिरुद्ध नागरिकता किर्ते मुद्धा परेको छ छानबिन हुन्छ दोषी भए कार्यवाही हुन्छ नभए फाइल बन्द हुन्छ नागरिक अगुवाहरुको भनाइ छ।
मेयर समर्थकहरु जिल्ला प्रहरी कार्यालय अगाडिको लाल बङ्गलामा भेला भएर जिल्ला प्रशासन कार्यालय पर्सामा पुगि प्रमुख जिल्ला अधिकारी दिनेश सागर भुषाललाइ ज्ञापनपत्र बुझाएर बजारमा प्रर्दशन गरेका थिए ।