वीरगन्ज २८ मंसिर । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई धनकुटामा हातपातको प्रयास भएको छ ।
समृद्धिका लागि संकल्प यात्राका क्रममा धनकुटा प्रबेश गर्ने वित्तिकै अध्यक्ष ओलीमाथि दुर्व्यवहार भएको हो ।
धनकुटाको महालक्ष्मी नगरपालिका वडा नं. ५ लेगुवाका स्थानीय महेश राईले स्वागतको क्रममा ओली माथि दुर्व्यवहार गरेका छन।
हातपात गर्ने प्रयास गरेका राईलाई तत्काल प्रहरीले नियन्त्रणमा लिएको धनकुटाका प्रहरी नायब उपरिक्षक राजबाबु महर्जनले जानकारी दिनुभएको छ ।
दुर्व्यवहारको कारण खुल्न नसकेको भएपनि कोशी प्रदेश नामाकरणको विषयलाई लिएर पहिचाहनबादीहरुले ओली लगायतका केही नेताहरुलाई प्रदेश प्रवेशमा नै रोक लगाउने भन्दै आएका थिए ।
Related Post
देश, प्रदेश २, समाज, हेडलाइन
हिन्दू–मुस्लिम सद्भावको सन्देश फैलाउँदै कांग्रेस नेता साहबुद्दिन, शक्तिपीठदेखि मन्दिरसम्म
४ कार्तिक २०८३, मंगलवार
प्रदेश २, विविध, हेडलाइन
SIP कागजमै सीमित नराख्न जोड, विद्यालय सुधारका लागि सरोकारवालाबीच
२२ आश्विन २०८३, बिहीबार
देश, प्रदेश २, समाज, हेडलाइन
सरकारी गाडीमै क्यासिनो पुगेका सखुवाप्रसौनीका अध्यक्ष पक्राउ, स्कोर्पियोसहित ८
२१ भाद्र २०८३, आईतवार
देश, प्रदेश २, समाज, हेडलाइन
प्रहरी कार्यालयकै नाकमुनि चोरीको आतंक, वडा प्रहरी कार्यालय बिर्ता
१८ भाद्र २०८३, बिहीबार
देश, प्रदेश २, समाज, हेडलाइन
रसुवाको बाढी–पहिरो पीडितका लागि वीरगञ्जको मदिना मस्जिदमा सहयोग संकलन,
१२ भाद्र २०८३, शुक्रबार