वीरगन्ज १५ मंसिर । प्रहरी हुं भन्दै व्यापारीसँग पैसा उठाइरहेको अवस्थामा पर्सा प्रहरीले एकजना नक्कली प्रहरीलाई पक्राउ गरेको छ । वीरगन्ज महानगरपालिका–२३ हरपतगन्जमा व्यापारीसँग महिनावारी रकम उठाइरहेको सूचनाको आधारमा प्रहरीले गोविन्द महतो कोइरीलाई पक्राउ गरेको हो ।
जिल्ला प्रहरी कार्यालय पर्साका प्रहरी नायब उपरीक्षक कुमारविक्रम थापाका अनुसार बाराको आदर्शकोतवाल गाउँपालिका– ८ लक्ष्मीटोल निवासी कोइरीले विगत केही महिनादेखि आफू मधेश प्रदेश प्रहरी कार्यालय जनकपुरबाट पर्सा, बारा र रौतहटका लागि खटिएको ‘घुमुवा प्रहरी हुँ’ भन्दै हरपतगन्जस्थित केमिकल कम्पनी अगाडि व्यापारीसँग पैसा उठाइरहेको जानकारी आउनासाथ प्रहरी चौकी सिर्सियाबाट प्रहरी परिचालन गरिएको थियो । कोइरीलाई नियन्त्रणमा लिई थप अनुसन्धान थालिएको पर्सा प्रहरी प्रवक्ता थापाले जनाए ।
Related Post
राजनिती, हेडलाइन
अमेरिका–इरानबीच दुई हप्ताको युद्धविराम प्रस्ताव, दीर्घकालीन शान्ति सम्झौता नजिक
२५ चैत्र २०८२, बुधबार
देश, प्रदेश २, राजनिती, हेडलाइन
नागरिकता मुद्दामा सहाबुदिनलाई अदालतबाट सफाइ, तर राजेशमान–सहाबुदिनबीच २० वर्षदेखिको
१८ चैत्र २०८२, बुधबार
देश, प्रदेश २, राजनिती, हेडलाइन
पर्सा–४ मा ठूलो उलटफेर: रास्वपाका टेकबहादुर शाक्य विजयी, पूर्व
२४ फाल्गुन २०८२, आईतवार
देश, प्रदेश २, राजनिती, हेडलाइन
पर्साका चारै क्षेत्रमा रास्वपाको अग्रता, क्षेत्र नं. १ मा
२३ फाल्गुन २०८२, शनिबार
देश, राजनिती, हेडलाइन
पर्साका ४ वटै क्षेत्रमा रास्वपा अगाडि, कांग्रेस–एमाले पछि
२३ फाल्गुन २०८२, शनिबार