काठमाडौं । बलिउड स्टार शाहरुख खानलाई ज्यान मार्ने धम्की आएको छ । उनको फिल्म ‘पठान’ र ‘जवान’ को सफलताबाट असन्तुष्ट केही व्यक्तिले शाहरुखलाई मार्ने धम्की दिएको मुम्बई पुलिसलाई उध्दृत गर्दै भारतीय संचारमाध्यमले जनाएका छन् ।
यसैलाई ध्यानमा राख्दै मुम्बई प्रहरीले शाहरुखलाई ‘वाई प्लस’ श्रेणीको सुरक्षा दिएको छ । यो श्रेणीको सुरक्षा अन्तर्गत, ६ व्यक्तिगत सुरक्षा अधिकारी र ५ हतियारसहितका पुलिस शाहरुखसँग २४ घण्टा रहनेछन् । अहिलेसम्म शाहरुखको सुरक्षाका लागि मुम्बई पुलिसका दुईजना कन्स्टेबल हरेक पल साथमा थिए ।
मुम्बई प्रहरीले महाराष्ट्रका सबै पुलिस अधिकारीलाई सूचना जारी गर्दै सबै इकाइ कमाण्डरलाई शाहरुखको भ्रमण र संलग्नताक्षेत्राधिकारहरूलाई एक अधिसूचना जारी गरेको छ जसमा सबै इकाई कमाण्डरहरूलाई शाहरुख खानको भ्रमण र सहभागि हुन ठाउँमा तत्काल वाइ प्लसको सुरक्षा प्रदान गर्न भनिएको छ ।
यी प्रहरी कमाण्डोसँग एमपी-फाइभ मेसिन गन, एके-४७ असल्ट राइफल र ग्ल्याक पेस्तोल पनि साथमा हुनेछन् । प्रहरीका अनुसार शाहरुखको बंगलामा चार सशष्त्र सुरक्षाकर्मीको हरेक समय उपस्थिती हुनेछ ।
सुरक्षा कभरको खर्च शाहरुख खान आफैले बेहोर्नेछन् । यो जानकारी दिँदै प्रहरीले भारतमा निजी सुरक्षाकर्मीलाई आधुनिक हतियार लैजान नदिने बताएको छ । तर, प्रहरीले सुरक्षा जोखिम नरहेसम्म यस्तो सुविधा दिइरहने उल्लेख गरेको छ ।
यसअघि सलमान खानलाई लरेन्स बिश्नोई गिरोहबाट धम्की आएपछि वाई प्लस सुरक्षा प्रदान गरिएको थियो । यस बाहेक, आमिर खान, अमिताभ बच्चन, अक्षय कुमार र अनुपम खेरले एक्स सुरक्षा कभर पाएका छन् जसमा उनीहरूले ३ पीएसओएस पाएका छन् जो उनीहरूसँग तीन सिफ्टमा २४ घण्टा बस्छन् ।
विविध
हेडलाइन
ज्यान मार्ने धम्कीपछि शाहरुखलाई मुम्बई प्रहरीबाट ‘वाई प्लस’को सुरक्षा
- २३ आश्विन २०८०, मंगलवार
- 253 Views
Related Post
देश, प्रदेश २, समाज, हेडलाइन
वीरगञ्जको विडम्बना: एक मेयर धरौटीमा रिहा, अर्का पूर्वमेयर अख्तियारको
२१ जेष्ठ २०८३, बिहीबार
देश, प्रदेश २, समाज, हेडलाइन
वीरगंज महानगरपालिकाद्वारा नवजात शिशुको अभिभावक खोजी
१७ बैशाख २०८३, बिहीबार
अर्थतन्त्र, राजनिती, हेडलाइन
हर्मुज जलडमरूमध्यमा तनाव बढ्दै: अमेरिकी नाकाबन्दीपछि ट्रम्पको इरानलाई कडा
३० चैत्र २०८२, सोमबार
विविध, हेडलाइन
अमेरिका–इरान प्रत्यक्ष वार्ता सुरु, पाकिस्तानमा युद्ध अन्त्यको निर्णायक प्रयास
२८ चैत्र २०८२, शनिबार
राजनिती, हेडलाइन
अमेरिका–इरानबीच दुई हप्ताको युद्धविराम प्रस्ताव, दीर्घकालीन शान्ति सम्झौता नजिक
२५ चैत्र २०८२, बुधबार