बीरगंज १५ जेठ ।
नेपाल सरकारको स्वामित्वको नेपाल बैंक लिमिटेडकाे असंवेदनशिलताका कारण सेवाग्राहीहरुले समस्या खेप्नु परेकाे छ । नेपाल बैक सेवाग्राहिहरु प्रति गम्भिर देखिदैन जस कारण सेवाग्रहिहरु ज्यान कै समस्या खेपेर बैक प्रवेश गर्नु पर्ने भएका छन ।
सेवाग्राहीकाे समस्या नबुझि बैकले विगत १.५ वर्ष देखि घरबहाल समझाैता गर्दै आएकाे छ । बैककाे सिढि( भर्याङ्ग) का कारण अशक्तहरु झन हड्डि भाचिने डर र सिढि प्रयाेग गर्दा महिलाहरुकाे इज्जतसंग खेलवाड हुने समेत परिस्थिति हुने देखिएकाे छ । जस तर्फ बैक संवेदनशिल समेत देखिन्दैन । अपाङ्गता भएका , जेष्ठ नागरिक र एकल महिलाहरुलाइ सेवा लिन ठुलै कठिनाई भोग्न परेकाे छ ।
प्रसङ्ग बीरगंजको मुटु माईस्थानमा रहेको नेपाल बैंक लिमिटेड शाखाको हो । माइस्थान चौक देखी पश्चिम् तर्फ मेन रोडमा रहेको बैंकबाट सेवा लिन सास्ती खेप्न परिरहेको छ । सो शाखाबाट नियमित बैकिङ सेवा सहित नागरिक सुरक्षा भत्ता पनि वितरण हुदै आएको छ ।
पुरानाे भवनको एक तल्ला माथी बैंकको कर्यालय छ । कार्यालयमा पुग्न पुरानो फलामे सिडि चडेर पुग्नुपर्ने बाध्यता छ । सिडि चड्न बृद्ध ,अशक्त , अपाङ्गता भएका ब्यक्तिहरुले सो बैंकबाट सेवा लिन ठुलै सास्ती खेप्नु पर्छ । उनीहरुको लागी सहजीकरण गरिदिने मानिस पनि हुदैनन । बीरगंज महानगर पालिकाको वडा नम्बर १,२,३ र ६ का बासिन्दाले सामाजिक सुरक्षा भत्ता लिदै आएका छन तर बैकको कार्यालय ढाेकासम्म पुग्न ठुलै कठिनाइ भोग्नुपर्छ ।
साे शाखाका मैनेजर अमित नारायण श्रेष्ठले घर धनीसंग भएको सम्झौताले गर्दा सुधार गर्न समस्या भएको तर आफुले नेपाल बैकका प्रबक्ता होम खड्कालाइ समस्या बारे अवगत गराएको बताउनु हुदै जेष्ठ नागरिक अपाङ्गता भएका ब्यक्तिहरुले भोग्दै आएको समस्या समाधानको लागी जेष्ठ नागरिक तथा अपाङ्ग मैत्री सिढिकाे ब्यबस्था हुने बताउनुभयो ।
बैंकले जे जस्तो बताएपनि सेवाग्राहीलाई शुलभ सेवाको आवश्यक्ता छ । छिटो भन्दा छिटो बैंकमा सुधार गरिनुपर्ने आवश्यक्ता छ ।