वीरगन्ज,१मंसिरः वीरगन्जबाट नेपाली नक्कली नोटको कारोवारमा संलग्न रहेका दुई जना युवकलाई पक्राउ गरी प्रहरीले शुक्रबार सार्वजनिक गरेको छ । वीरगन्ज महानगरपालिकाको वडा नंबर ८ स्थित सिटि मार्केटबाट एक हजार दरका नेपाली नक्कली नोट सहित पक्राउ परेका युवाहरुलाई प्रहरीले सार्वजनिक गरेको हो ।
सिटी मार्केटमा समान खरिद गरी हजार दरका नक्कली नोट दिएको सुचना पसलेले दिएपछि वीरगन्ज महानगरपालिकाको वडा नंबर ३१ बेलवा निवासी वर्ष २४का ऋषिलाल पटेल र बाराको कलैया उपमहानगरपालिका वडा नंबर ३ निवासी वर्ष २५का उमेश कुमारलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय पर्साका प्रहरी नायब उपरिक्षक कुमार विक्रम थापाले जानकारी दिए ।
उनिहरुको साथबाट एक हजार दरका ३८ थान नक्कली नोट बरामद भएपछि दुवै युवकलाई आवश्यक अनुसन्धानका लागि नियन्त्रणमा लिइएको थापाले बताए।
पक्राउ परेका युवाहरलाई जिल्ला प्रहरी कार्यालय पर्सामा राखि खाेटाचलन मुद्दामा अनुसन्धान अगाडी बढाइएको प्रहरीले जनाएको छ।
अर्थतन्त्र
देश
प्रदेश २
हेडलाइन
नक्कली नाेट काराेबारमा संलग्न दुई जना पक्राउ
- १ मंसिर २०८०, शुक्रबार
- 297 Views
Related Post
देश, प्रदेश २, समाज, हेडलाइन
बीरगञ्जमा शान्ति बहालीको प्रयास, आज ४ बजे हिन्दु–मुस्लिम संयुक्त
२२ पुष २०८२, मंगलवार
देश, प्रदेश २, समाज, हेडलाइन
मस्जिदमा तोडफोड र कुरान जलाउने घटनाबाट सुरु भएको धार्मिक
२१ पुष २०८२, सोमबार
राजनिती, विविध, हेडलाइन
अमेरिकाको दाबी: भेनेजुएलाका राष्ट्रपति नियन्त्रणमा, ह्वाइट हाउसले भिडियो र
२० पुष २०८२, आईतवार
समाज, हेडलाइन
त्रिपुराका वरिष्ठ पत्रकारमाथि दुर्व्यवहारप्रति सार्क पत्रकार फोरमको आपत्ति
१३ कार्तिक २०८२, बुधबार
देश, समाज, हेडलाइन
उदाउँदो सूर्यका साथ सम्पन्न भयो श्रद्धा र आस्थाको महापर्व
१२ कार्तिक २०८२, मंगलवार