January 15, 2026
Parsa, Nepal
अर्थतन्त्र देश हेडलाइन

टेलिभिजनमा लुकाएर ल्याइएको सुनसहित एक जना पक्राउ

काठमाडौं । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट पाँच सय १० ग्राम सुनसहित एक जना पक्राउ परेका छन् ।पक्राउ पर्नेमा सिन्धुलीका नवराज धामी रहेका त्रिभुवन विमानस्थल भन्सार कार्यालयका प्रमुख डा टोकराज पाण्डेले बताए । उनका अनुसार मलेसियाबाट मलेसियन एयरलाइन्समा सोमबार काठमाडौँ आएका धामीले टिभीको भित्रपट्टी लुकाईछिपाई ल्याएको उक्त सुन विमानस्थल भन्सार कार्यालयले पक्राउ गरेको हो । पाण्डेका अनुसार यस विषयमा आवश्यक अनुसन्धान सुरु भएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *