
वीरगंज ३० भदाै ।
चिकत्सकहरु माथि भएकाे संघातिक आक्रमणकाे विराेध स्वरुप नेपाल चिकित्सक संघले आइतबार देशभरका स्वास्थ्य संस्थाहरूमा आकस्मिक सेवा बाहेकका सम्पूर्ण सेवाहरू पूर्ण रूपमा बन्द गर्ने घोषणा गरेको छ।
शनिबार साँझ संघले एक विज्ञप्ति जारी गर्दै आफूहरूले दिएको अल्टिमेटममा माग पूरा नभएको भन्दै आन्दोलनका कार्यक्रमहरूको घोषणा गरेको हो। गत बुधबार हेटौंडाको सञ्चो अस्पतालमा कार्यरत डा. विकास थापा र डा. प्रशान्त विडारीमाथि बिरामीका आफन्तहरूबाट भएको कुटपिटको घटनामा संलग्नहरूलाई पक्राउ गरी कारबाही गर्न माग गरेको थियो।
मकवानपुरको हेटौँडास्थित सन्चो अस्पतालमा दुई चिकित्सकमाथि आक्रमण गरिएको विरोधमा आन्दोलन थालिएको संघले जनाएको छ ।
भदाै २७ गते दाेषिलाई कार्यवाहि गर्नका लागि ७२ घण्टे अल्टिमेटम दिए तापनि प्रहरी प्रशासनले कार्यवाहि नगरेकाे भन्दै आईतबार स्वास्थ्य सेवा अवरुद्घ गरेकाे चिकित्सक संघले जनाएकाे छ ।
देश
स्वास्थ्य
हेडलाइन
चिकित्सक संघद्वारा आन्दाेलनकाे घाेषना । आकस्मिक सेवा बाहेकका सम्पूर्ण सेवाहरू पूर्ण रूपमा बन्द
- ३० भाद्र २०८०, शनिबार
- 220 Views
Related Post
देश, प्रदेश २, समाज, हेडलाइन
बीरगञ्जमा शान्ति बहालीको प्रयास, आज ४ बजे हिन्दु–मुस्लिम संयुक्त
२२ पुष २०८२, मंगलवार
देश, प्रदेश २, समाज, हेडलाइन
मस्जिदमा तोडफोड र कुरान जलाउने घटनाबाट सुरु भएको धार्मिक
२१ पुष २०८२, सोमबार
राजनिती, विविध, हेडलाइन
अमेरिकाको दाबी: भेनेजुएलाका राष्ट्रपति नियन्त्रणमा, ह्वाइट हाउसले भिडियो र
२० पुष २०८२, आईतवार
समाज, हेडलाइन
त्रिपुराका वरिष्ठ पत्रकारमाथि दुर्व्यवहारप्रति सार्क पत्रकार फोरमको आपत्ति
१३ कार्तिक २०८२, बुधबार
देश, समाज, हेडलाइन
उदाउँदो सूर्यका साथ सम्पन्न भयो श्रद्धा र आस्थाको महापर्व
१२ कार्तिक २०८२, मंगलवार