March 1, 2026
Parsa, Nepal
देश राजनिती हेडलाइन

उधोग सघंका अध्यक्ष हुदा सिमावर्ती व्यापार समस्यामा मौनता? उम्मेदवार बनेपछि आश्वासनको वर्षा

अशोक टेमानीले चुनावमा सफल हुन झुटो अश्वासन बाडेको आरोप -मतदाता

वीरगंज २ फागुन ।
पर्सा क्षेत्र नम्बर २ बाट जसपा नेपालका उम्मेदवार बनेका अशोक कुमार टेमानि यतिबेला चुनावी अभियानमा व्यस्त छन्। उनी एक कुशल व्यापारी मात्र होइन, Birgunj Chamber of Commerce & Industries जस्ता प्रतिष्ठित संस्थाको नेतृत्व गरिसकेका व्यक्तिका रूपमा चिनिन्छन्।
तर, यतिबेला क्षेत्रका केही उद्योगी तथा साना व्यापारीहरूबाट उनीप्रति गुनासो उठ्न थालेको छ। विशेषगरी सिमासँग जोडिएका साना व्यापारीहरू भन्छन्— संघको नेतृत्वमा रहँदा व्यापारिक समस्या समाधानका लागि ठोस पहल देखिएन, तर उम्मेदवार बनेपछि भने “सिमावर्ती व्यापार समस्या अन्त्य गराउने” आश्वासन दिइरहेका छन्।
सिमाक्षेत्रका व्यापारीहरूको मुख्य गुनासो भन्सार प्रक्रिया जटिलता, अनौपचारिक व्यापारको दबाब, सुरक्षासम्बन्धी चुनौती तथा साना व्यवसायीका लागि सहुलियतको अभावसँग सम्बन्धित छ। उनीहरूको आरोप छ कि यस्ता विषय लामो समयदेखि उठाइए पनि प्रभावकारी परिणाम देखिएन। स्थानीय मतदाताहरूको भनाइ छ, “व्यापारीहरूको अध्यक्ष भइसकेको व्यक्तिले आफ्नै क्षेत्रका उद्योगी–व्यापारीको समस्या समाधान गराउन सकेनन् भने अब सांसद बनेपछि कसरी सम्भव हुन्छ?”
यद्यपि टेमानी पक्षधरहरू भने उनी नेतृत्वमा रहँदा नीतिगत सुधारका लागि विभिन्न तहमा पहल गरिएको दाबी गर्छन्। उनीहरूले व्यापार वातावरण सुधार र सिमावर्ती समस्याको दीर्घकालीन समाधानका लागि केन्द्रीय तहको निर्णय आवश्यक हुने बताउँदै आएका छन्।
चुनावी माहोल तात्दै जाँदा सिमाक्षेत्रको व्यापार समस्या अहिले प्रमुख एजेण्डाका रूपमा उभिएको छ। अब मतदाताले आश्वासन र विगतको कार्यसम्पादनलाई कसरी मूल्याङ्कन गर्छन् भन्ने कुराले चुनावी परिणाममा प्रभाव पार्ने देखिन्छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *