वीरगंज २५ माघ ।
पर्सा निर्वाचन क्षेत्र नं. १ अन्तर्गत वीरगञ्ज महानगरपालिका वडा नं. ३२ को चोरनी गाउँमा आयोजित रात्री भेटघाट कार्यक्रममा उज्यालो नेपालका तर्फबाट प्रतिनिधिसभा उम्मेदवार राज किशोर सिंह परागले स्थानीयसँग प्रत्यक्ष संवाद गरेका छन्।
रात्री भेटघाटका क्रममा स्थानीय दाजुभाइ तथा दिदीबहिनीहरूले भोट लिएपछि जनतालाई बिर्सिने पुरानो राजनीतिक प्रवृत्तिप्रति आक्रोश र पीडा व्यक्त गरेका थिए। स्थानीयको गुनासो सुन्दै उम्मेदवार परागले आफू सत्ता केन्द्रित होइन, सेवा र जवाफदेहितामूलक राजनीतिमा विश्वास गर्ने नेता भएको स्पष्ट पारे।
“जनताको मतलाई केवल जितको साधन बनाउने होइन, जितपछि पनि जनतासँगै रहने राजनीति आजको आवश्यकता हो,” परागले भने। उनले निर्वाचित भएमा स्थानीय समुदाय र युवासँग समन्वय गरी खुला सचिवालय स्थापना गर्ने प्रतिबद्धता व्यक्त गरे।
परागका अनुसार खुला सचिवालयमार्फत जनताको गुनासो, सुझाव र आवश्यकतालाई प्रत्यक्ष रूपमा सुन्ने र समाधान खोज्ने वातावरण निर्माण गरिनेछ। साथै उनले शिक्षा, स्वास्थ्य र रोजगारीमा युवाको पहुँच सुनिश्चित गर्ने आफ्नो प्राथमिक एजेन्डा रहेको बताए।
कार्यक्रममा सहभागी स्थानीय युवाहरूले रोजगारीको अभाव, शिक्षा र स्वास्थ्य सेवामा पहुँचको समस्याबारे ध्यानाकर्षण गराएका थिए। परागले युवाको ऊर्जा र सहभागिताविना समृद्ध समाज निर्माण सम्भव नहुने उल्लेख गर्दै युवालाई नीति निर्माणको केन्द्रमा राख्ने प्रतिबद्धता दोहोर्याए।
रात्री भेटघाट कार्यक्रम जनप्रतिनिधि र जनताको दूरी घटाउने माध्यम बनेको सहभागीहरूको प्रतिक्रिया थियो।
देश
राजनिती
हेडलाइन
भोटपछि जनतालाई बिर्सिने राजनीति चाहिँदैन । स्थानीयसँग संवादमा पराग
- २६ माघ २०८२, आईतवार
- 81 Views
Related Post
देश, राजनिती, हेडलाइन
दुई अतिवादले देशलाई पिस्ने खतरा छ । चुनावको पृष्ठभूमिमा
१६ फाल्गुन २०८२, शनिबार
देश, विविध, हेडलाइन
संखुवासभा र ताप्लेजुङको सीमा क्षेत्रमा ४.७ म्याग्निच्युडको भूकम्प
१५ फाल्गुन २०८२, शुक्रबार
देश, प्रदेश २, राजनिती, हेडलाइन
वीरगंजकाे हैजा स्मृतिमा, चुनावी मञ्चमा ‘पानी’को दाबी: प्रदीप यादवमाथि
१० फाल्गुन २०८२, आईतवार