पर्सा १२ कात्तिक ।
सार्क पत्रकार त्रिपुराका वरिष्ठ पत्रकार प्रणब सरकारमाथि भएको दुर्व्यवहारप्रति आपत्ति जनाएको छ। फोरमका अध्यक्ष राजु लामाका अनुसार आत्मसमर्पण गरेका पूर्व विद्रोही नेता तथा हाल त्रिपुरा विधानसभाका सदस्यले पत्रकार सरकारमाथि झूटो उजुरी दर्ता गरी धम्की दिएका हुन्।
फोरमका अध्यक्ष राजु लामाले बुधबार जारी विज्ञप्तिमा पत्रकारमाथि भएको दमन प्रेस स्वतन्त्रताको गम्भीर उल्लंघन भएको बताएका छन्। उनका अनुसार उक्त सांसदले आफ्ना अनियमितता सार्वजनिक हुने डरले पत्रकारलाई फसाउने प्रयास गरेका हुन्।
‘सञ्चारकर्मीहरू पीडित पत्रकारको पक्षमा एकजुट हुनुपर्छ,’ विज्ञप्तिमा भनिएको छ, ‘राज्य सरकारले पत्रकार प्रणब सरकारलाई आवश्यक कानुनी र शारीरिक सुरक्षा प्रदान गर्नुपर्छ।’
फोरमले भारतीय पत्रकार समाज र अन्तर्राष्ट्रिय प्रेस संगठनहरूलाई पनि यस विषयमा ध्यान दिन आग्रह गरेको छ।
समाज
हेडलाइन
त्रिपुराका वरिष्ठ पत्रकारमाथि दुर्व्यवहारप्रति सार्क पत्रकार फोरमको आपत्ति
- १३ कार्तिक २०८२, बुधबार
- 222 Views
Related Post
देश, प्रदेश २, समाज, हेडलाइन
बीरगञ्जमा शान्ति बहालीको प्रयास, आज ४ बजे हिन्दु–मुस्लिम संयुक्त
२२ पुष २०८२, मंगलवार
देश, प्रदेश २, समाज, हेडलाइन
मस्जिदमा तोडफोड र कुरान जलाउने घटनाबाट सुरु भएको धार्मिक
२१ पुष २०८२, सोमबार
राजनिती, विविध, हेडलाइन
अमेरिकाको दाबी: भेनेजुएलाका राष्ट्रपति नियन्त्रणमा, ह्वाइट हाउसले भिडियो र
२० पुष २०८२, आईतवार
देश, समाज, हेडलाइन
उदाउँदो सूर्यका साथ सम्पन्न भयो श्रद्धा र आस्थाको महापर्व
१२ कार्तिक २०८२, मंगलवार