April 7, 2026
Parsa, Nepal
देश राजनिती हेडलाइन

कांग्रेस महामन्त्रीहरूको सशक्त अपील : “संविधान बचाऔँ, युवाको आवाजलाई सम्मान गरौँ”

काठमाडौं २५ भदाै ।
देशभर लोकतन्त्रप्रति चासो र युवाको असन्तोष चुलिँदै जाँदा, नेपाली कांग्रेसका महामन्त्री गगन थापा र विश्वप्रकाश शर्माले संविधान र जनभावनाको रक्षाका लागि स्पष्ट सन्देश दिएका छन्।
संयुक्त विज्ञप्ति मार्फत उनीहरूले “आवश्यकताको सिद्धान्त” भन्दै संविधान मिच्ने प्रवृत्तिप्रति गम्भीर आपत्ति जनाएका छन्। “संविधान गम्भीर अवस्थामा छ, त्यसको रक्षा हाम्रो साझा कर्तव्य हो,” भन्ने तिक्त सन्देश विज्ञप्तिमा झल्किन्छ।
युवाहरू सडकमा छन् अधिकार माग्न, न्याय खोज्न यही जनआवाजलाई कांग्रेसले बुझ्न जरुरी रहेको भन्दै, थापा र शर्माले भनेका छन्, “युवाको आवाज हाम्रो दिशानिर्देशक हुनुपर्छ, नेतृत्व होइन।”
दुवै नेताको जोड छ कांग्रेस अब केवल पुरानो ढाँचामा अडिन सक्दैन। जवाफदेही, युवामुखी र भविष्यप्रेमी पार्टीको पुनर्निर्माण अनिवार्य भएको उनीहरूको भनाइ छ। तर यत्ति मात्र पर्याप्त छैन देश अब हेर्दैछ, यी शब्दहरू घोषणा मात्रै हो कि कार्यान्वयनको सुरुआत पनि हुन्छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *