वीरगंज ११ फाल्गुन । बीरगंज महानगर पालिकाका मेयर राजेशमान सिहले अर्काको छोरीलाइ आफ्नो छोरी बनाएर नागरिकता बनाइदिएको भन्दै कार्यवाही गर्न माग गर्दै बिभिन्न निकायमा उजुरी परेको समाचार प्रकाशमा आएपछि नेपाली काङ्ग्रेस पर्साको ध्यानाकर्षण भएको जनाएको छ ।
नेपाली काङ्ग्रेस पर्साका प्रवक्ता रमेश पाण्डेले जारी गरेको विज्ञाप्तिमा बीरगंज महानगर पालिकाका मेयर रजेशमान सिहले अरुको छोरिलाई आफ्नो छोरी भन्दै नागरिकता बनाइदिएको भन्दै कार्यवनहीको माग गर्दै बिभिन्न नियमन कारी निकायमा उजुरी परेको समाचार प्रति आफ्नो पार्टीको ध्यानाकर्षण भएको उल्लेख गर्दै कुनैपनि सस्था वा ब्याक्ती कानुन भन्दा माथी नहुने भएकोले नियमनकारि निकायले निस्पक्ष छानबिन गरि कानुन बमोजिम कार्यवाही गर्न माग गर्दछौ भनी बिज्ञाप्तिमा उल्लेख रहेको छ ।
