April 8, 2026
Parsa, Nepal
राजनिती हेडलाइन

अमेरिका–इरानबीच दुई हप्ताको युद्धविराम प्रस्ताव, दीर्घकालीन शान्ति सम्झौता नजिक

पर्सा ।  अमेरिकि राष्ट्रपति ट्रम्पले ईरानमाथिको आक्रमण अस्थायी रूपमा रोक्ने घोषणा गरेका छन्। उनले शहबाज शरिफ र असिम मुनिरसँगको छलफलपछि यस्तो निर्णय लिएको बताएका हुन्।
ट्रम्पका अनुसार पाकिस्तान पक्षले इरानमाथि हुने आक्रमण रोक्न आग्रह गरेको थियो। त्यसपछि इरानले Strait of Hormuz सुरक्षित, तुरुन्त र पूर्ण रूपमा खुला गर्ने सर्तमा अमेरिका दुई हप्ताका लागि बमबारी तथा सैन्य कारबाही स्थगित गर्न सहमत भएको हो।
उनले यो “दुवै पक्षीय युद्धविराम” हुने उल्लेख गर्दै अमेरिका आफ्ना सैन्य लक्ष्यहरू पूरा गरिसकेको र अब दीर्घकालीन शान्ति सम्झौताको अन्तिम चरणमा पुगेको दाबी गरेका छन्। ट्रम्पले इरानबाट १० बुँदे प्रस्ताव आएको र त्यसलाई वार्ताका लागि उपयुक्त आधार मानिएको पनि बताए।
ट्रम्पका अनुसार अमेरिका र इरानबीच विगतका धेरै विवादित विषयमा सहमति भइसकेको छ भने आगामी दुई हप्तामा औपचारिक सम्झौता टुंग्याउने लक्ष्य राखिएको छ। उनले यस कदमले मध्यपूर्वमा स्थायी शान्ति स्थापना हुने विश्वास व्यक्त गरेका छन्।

Leave a Reply

Your email address will not be published. Required fields are marked *