वीरगञ्ज। पर्सा निर्वाचन क्षेत्र नम्बर ४ मा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का उम्मेदवार टेकबहादुर शाक्यले प्रभावशाली जित हासिल गरेका छन्। शनिवार राति पोखरियास्थित जिल्ला उच्चाङ्गल रामदेव कलवार प्राविधिक नमुना माध्यमिक विद्यालयमा सम्पन्न अन्तिम मतगणनाअनुसार शाक्य २८ हजार ६०६ मतसहित प्रतिनिधिसभा सदस्यमा निर्वाचित भएका हुन्।
शाक्यले नेपाली कांग्रेसका उम्मेदवार तथा पूर्व उद्योग मन्त्री रमेश रिजाललाई १५ हजार ४७२ मतको फराकिलो अन्तरले पराजित गरे। रिजालले कुल १२ हजार ४३५ मत मात्रै प्राप्त गरेका छन्।
यो परिणामसँगै पर्सा–४ मा रास्वपाले ठूलो राजनीतिक सफलता हासिल गरेको छ। लामो समयदेखि यस क्षेत्रमा प्रभाव जमाउँदै आएका कांग्रेस नेता रिजालको पराजयलाई स्थानीय राजनीतिमा महत्वपूर्ण परिवर्तनका रूपमा हेरिएको छ। रिजाल यसअघि यही क्षेत्रबाट प्रतिनिधिसभा सदस्य निर्वाचित भई उद्योग मन्त्रीको जिम्मेवारी समेत सम्हालिसकेका अनुभवी नेता हुन्।
यता नेकपा (एमाले) का उम्मेदवार जालिम मियाँ मन्सुरी तेस्रो स्थानमा सीमित भएका छन्। पर्साको जगरनाथपुर गाउँपालिकाका पूर्व अध्यक्ष समेत रहेका मन्सुरीले १२ हजार १४५ मत प्राप्त गरेका छन्। उनी यसअघि २०७९ सालको प्रतिनिधिसभा निर्वाचनमा पनि यही क्षेत्रबाट कांग्रेसका रिजालसँग पराजित भएका थिए।
देश
प्रदेश २
राजनिती
हेडलाइन
पर्सा–४ मा ठूलो उलटफेर: रास्वपाका टेकबहादुर शाक्य विजयी, पूर्व मन्त्री रमेश रिजाल पराजित
- २४ फाल्गुन २०८२, आईतवार
- 125 Views
Related Post
राजनिती, हेडलाइन
अमेरिका–इरानबीच दुई हप्ताको युद्धविराम प्रस्ताव, दीर्घकालीन शान्ति सम्झौता नजिक
२५ चैत्र २०८२, बुधबार
देश, प्रदेश २, राजनिती, हेडलाइन
नागरिकता मुद्दामा सहाबुदिनलाई अदालतबाट सफाइ, तर राजेशमान–सहाबुदिनबीच २० वर्षदेखिको
१८ चैत्र २०८२, बुधबार
देश, प्रदेश २, राजनिती, हेडलाइन
पर्साका चारै क्षेत्रमा रास्वपाको अग्रता, क्षेत्र नं. १ मा
२३ फाल्गुन २०८२, शनिबार
देश, राजनिती, हेडलाइन
पर्साका ४ वटै क्षेत्रमा रास्वपा अगाडि, कांग्रेस–एमाले पछि
२३ फाल्गुन २०८२, शनिबार