वीरगंज १६ माघ।
प्रतिनिधिसभा निर्वाचन नजिकिँदै गर्दा नेपाली कांग्रेस पर्सा क्षेत्र नं. १ का उम्मेदवार अनिल रुंगटाले शहीदको नाम र बलिदानमाथि राजनीति गर्ने प्रवृत्तिमाथि तीव्र प्रहार गर्दै आफ्नो राजनीतिक यात्रा शहीदहरूले देखेको सपना साकार पार्न र समुन्नत समाज निर्माणतर्फ केन्द्रित रहने स्पष्ट पारेका छन्।
चुनावी अभियानका क्रममा शहीद दिवसलाई लक्षित श्रद्धाञ्जली कार्यक्रममा बोल्दै रुंगटाले “धेरैले शहीदका लागि राजनीति गरे, धेरैले शहीदको बलिदानमाथि राजनीति गरे। अब मेरो राजनीति शहीदले चाहेको राष्ट्र निर्माण र जनताको जीवनस्तर उकास्ने दिशातर्फ हुनेछ,” भन्दै मतदातामाझ स्पष्ट सन्देश दिएका हुन्।
उनले लोकतन्त्र, अभिव्यक्ति स्वतन्त्रता र नागरिक अधिकार शहीदहरूको त्याग र बलिदानबाट प्राप्त भएको स्मरण गराउँदै शहीदको सम्मान नारामा होइन, नीति र काममा देखिनुपर्ने बताए। शहीदको सपना भनेको न्याय, समानता, रोजगारी, विकास र समावेशी लोकतन्त्र भएको रुंगटाको भनाइ थियो।
रुंगटाले चुनावलाई व्यक्तिवादी आरोप–प्रत्यारोपमा सीमित नराखी जनताको समस्या, विकास र भविष्यको एजेन्डामा केन्द्रित गर्नुपर्ने धारणा राखे।
उनले नेपाली कांग्रेसले मात्र शहीदको त्यागलाई संस्थागत गर्दै लोकतन्त्र जोगाउन सक्ने दाबी समेत गरे। चुनावी माहोल तातिँदै जाँदा रुंगटाको यो अभिव्यक्तिलाई पर्सा क्षेत्र नं. १ मा स्पष्ट राजनीतिक सन्देशका रूपमा हेरिएको छ।
देश
प्रदेश २
राजनिती
हेडलाइन
शहीदको नाममा राजनीति गरेर होइन, सपनाको साकारताबाट मत माग्दै रुंगटा
- १७ माघ २०८२, शुक्रबार
- 167 Views
Related Post
देश, प्रदेश २, राजनिती, हेडलाइन
नागरिकता मुद्दामा सहाबुदिनलाई अदालतबाट सफाइ, तर राजेशमान–सहाबुदिनबीच २० वर्षदेखिको
१८ चैत्र २०८२, बुधबार
देश, प्रदेश २, राजनिती, हेडलाइन
पर्सा–४ मा ठूलो उलटफेर: रास्वपाका टेकबहादुर शाक्य विजयी, पूर्व
२४ फाल्गुन २०८२, आईतवार
देश, प्रदेश २, राजनिती, हेडलाइन
पर्साका चारै क्षेत्रमा रास्वपाको अग्रता, क्षेत्र नं. १ मा
२३ फाल्गुन २०८२, शनिबार
देश, राजनिती, हेडलाइन
पर्साका ४ वटै क्षेत्रमा रास्वपा अगाडि, कांग्रेस–एमाले पछि
२३ फाल्गुन २०८२, शनिबार