काठमाण्डाै २६ असोज । नेपाली कांग्रेसका महामन्त्री गगन थापाले देशको राजनीतिमा नयाँ पुस्ताको नेतृत्व आवश्यक भएको बताउँदै तीन प्रमुख दलका पुराना नेताहरूलाइ बिदा गर्नुपर्ने बताएका छन् ।
आइतबार सामाजिक सञ्जालमार्फत सार्वजनिक भिडियो सन्देशमा थापाले भने, “अब समय आएको छ तीन दलका तीन नेताहरूलाई बिदा गरेर नयाँ संवाद र सोचको सुरुवात गरौँ।”
थापाले कांग्रेसभित्र निरन्तर महाधिवेशनको माग गर्दै आएका छन् । उनले नेतृत्त्व परिवर्तन पार्टी सुदृढीकरणका लागि जरुरी रहेको उल्लेख गर्दै भने, “हामीले परिवर्तनको कुरा केवल भाषणमा होइन, अभ्यासमा पनि गर्नुपर्छ।” त्यस क्रममा उनले नेकपा एमाले र नेकपा माओवादी केन्द्रका कार्यकर्ताहरूलाइ पनि आफ्ना शीर्ष नेताहरूलाई बिदा गर्न आग्रह गरेका छन् ।
“म एमाले र माओवादीका साथीहरूलाई पनि भन्छु— आफ्ना नेताहरूलाई स्पष्ट भन्नुस्, अब नो मोर,” थापाले भनेका छन् ।
थापाले नेतृत्व परिवर्तनले सबै समस्या समाधान हुने होइन भन्दै आफू पनि असफल भएमा पद छाड्न तयार रहेको प्रष्ट पारेका
छन् ।
उनको भनाइमा, “नेतृत्व बदल्नासाथ सबै कुरा बदलिन्छ भन्ने होइन, तर नयाँ सोच, नयाँ अभ्यास र नयाँ विश्वास बिना देश अघि बढ्दैन।”
देश
राजनिती
हेडलाइन
गगन थापाको आह्वान : “अब तीन दलका पुराना नेताहरूलाइ बिदा गरौँ”
- २६ आश्विन २०८२, आईतवार
- 73 Views
Related Post
समाज, हेडलाइन
त्रिपुराका वरिष्ठ पत्रकारमाथि दुर्व्यवहारप्रति सार्क पत्रकार फोरमको आपत्ति
१३ कार्तिक २०८२, बुधबार
देश, समाज, हेडलाइन
उदाउँदो सूर्यका साथ सम्पन्न भयो श्रद्धा र आस्थाको महापर्व
१२ कार्तिक २०८२, मंगलवार
देश, समाज, हेडलाइन
लागुऔषधको जालोमा अडकिँदै युवा पुस्ता: वीरगञ्जमा दुई किशोर पक्राउ
४ कार्तिक २०८२, सोमबार
प्रदेश २, समाज, स्वास्थ्य, हेडलाइन
पर्सा–बारामा हैजा नियन्त्रणका लागि व्यापक खोप अभियान सुरु, स्वास्थ्यकर्मी
२६ आश्विन २०८२, आईतवार
देश, समाज, हेडलाइन
९ किलो सुन काण्डमा माओवादी उपाध्यक्ष महरा पक्राउ, राजनीतिक
२६ आश्विन २०८२, आईतवार