वीरगंज ६ असाेज ।
नेपाली राजनीतिमा शेरबहादुर देउवाको नाम ठूलो छ। उनले विद्यार्थी जीवनदेखि नै लोकतन्त्रको आन्दोलनमा भाग लिए। पाँचपटक प्रधानमन्त्री बनेर देशलाई संकटबाट निकाल्ने काम गरे। शान्ति प्रक्रिया अघि बढाउन, संविधान कार्यान्वयनमा सहजीकरण गर्न र गणतन्त्रलाई संस्थागत गर्न उनको योगदान महत्वपूर्ण मानिन्छ।
तर आज, त्यही देउवा आफ्नै देशमा ‘दुर्दशाग्रस्त’ नेताको रूपमा चिनिँदै छन् । यसको कारण दुईजना मान्छे बने नेकपाका अध्यक्ष तथा पुर्व प्रधानमन्त्री केपी शर्मा ओली र देउवाकाे श्रीमती आरजु राणा देउवा।
ओलीले देउवालाई कहिल्यै सफल नेता ठान्न सकेनन्। उनले संसददेखि सडकसम्म निरन्तर प्रहार गरे। गठबन्धन राजनीतिमा धोका दिए र जनतालाई देउवा असफल र कमजोर देखाउने खेल खेले।
भित्रबाट भने आरजु राणाले चोट पुर्याइन्। श्रीमतीको हैसियतमा मात्रै नभई, पार्टीभित्रको निर्णयमा अनावश्यक हस्तक्षेप गरिन्। गुटबन्दी बढाइन्, विश्वास तोडिन् र देउवाको छवि ध्वस्त पारिन्। जसले गर्दा काँग्रेसभित्रै उनको नेतृत्व क्षमतामाथि प्रश्न उठ्यो।यसैबीच, नयाँ पुस्ताको आक्रोश ‘Gen Z आन्दोलन’को रूपमा सडकमा आयो। आन्दोलनकारीहरूले देउवामाथि विगतका असफलताहरूको जिम्मा थोपरे। यही क्रममा उनको निवासमै आक्रमण भयो, घरमा आगजनी गरियो र उनी आफैंले कुटाइ खानुपर्यो।
यो घटना केवल एउटा व्यक्तिगत आक्रमण थिएन । प्रतीक थियो देशका लागि ठूलो योगदान दिने नेतालाई कसरी आफ्नै नजिकका पात्रले कमजोर बनाएर जनताको रोषको निशाना बनाइदिन्छन्।
आज देउवा नायकका रूपमा होइन, खलनायकको रूपमा चित्रित भइरहेका छन्। यसको कारण ओलीको बाहिरी आक्रमण र आरजुको भित्री हस्तक्षेप दुवै हुन्। इतिहासमा योगदान राखेका नेताले यस्तो अवस्था भोग्नु विडम्बना भन्दा कम छैन।
देश
राजनिती
हेडलाइन
शेरबहादुर देउवा : योगदानले बनाएको नायक, ओली र आरजुले बनाएका खलनायक
- ७ आश्विन २०८२, मंगलवार
- 427 Views
Related Post
देश, प्रदेश २, समाज, हेडलाइन
बीरगञ्जमा शान्ति बहालीको प्रयास, आज ४ बजे हिन्दु–मुस्लिम संयुक्त
२२ पुष २०८२, मंगलवार
देश, प्रदेश २, समाज, हेडलाइन
मस्जिदमा तोडफोड र कुरान जलाउने घटनाबाट सुरु भएको धार्मिक
२१ पुष २०८२, सोमबार
राजनिती, विविध, हेडलाइन
अमेरिकाको दाबी: भेनेजुएलाका राष्ट्रपति नियन्त्रणमा, ह्वाइट हाउसले भिडियो र
२० पुष २०८२, आईतवार
समाज, हेडलाइन
त्रिपुराका वरिष्ठ पत्रकारमाथि दुर्व्यवहारप्रति सार्क पत्रकार फोरमको आपत्ति
१३ कार्तिक २०८२, बुधबार
देश, समाज, हेडलाइन
उदाउँदो सूर्यका साथ सम्पन्न भयो श्रद्धा र आस्थाको महापर्व
१२ कार्तिक २०८२, मंगलवार