काठमाडौं २५ भदौ ।
राष्ट्रपति रामचन्द्र पौडेल र प्रतिनिधि सभा सभामुख देवराज घिमिरेबीच बिहीबार शीतल निवासमा भेटवार्ता भएको छ। विहिवार भएको भेटमा पछिल्लो राजनीतिक परिस्थितिको निकास, संसदको भूमिका र संविधानको मार्गचित्रबारे छलफल केन्द्रित भएको बताइएको छ।
सभामुखका सञ्चारविज्ञ शेखर अधिकारीका अनुसार, सभामुख घिमिरेले भेटमा संसद चलाउनुपर्ने र तत्काल बोलाउनुपर्ने धारणा राखेका थिए। उनले मुलुकलाई संकटबाट निकाल्ने एकमात्र संस्थागत बाटो संसद भएकाले यसलाई निष्क्रिय राख्न नहुनेमा जोड दिएका थिए। साथै उनले राष्ट्रपतिसँग पछिल्लो अवस्थाबारे उहाँको विचार सुन्न चाहेका थिए।
जवाफमा राष्ट्रपति पौडेलले संविधानको दायराभित्र रहेर मात्र समाधान खोज्ने स्पष्ट अडान व्यक्त गरेका थिए। अधिकारीका शब्दमा, “राष्ट्रपतिले संविधानको अधिनमा रहेर संविधानभित्रै निकास खोज्ने बताउनुभयो।” भेटका क्रममा राष्ट्रपतिले संसद विघटनसम्बन्धी विषयबारे समेत चासो देखाएका थिए।
भेटपछि सभामुख घिमिरे कानुनविद्हरूसँग छलफलमा व्यस्त भएका छन्। उनले कानुनी धारणा संकलन गरेर वर्तमान संकटको संवैधानिक समाधानतर्फ अघि बढ्न पहल थालेका संकेत देखिएको छ।
शीतल निवासमा भएको यो भेटलाई राजनीतिक वृत्तले विशेष महत्त्वका साथ हेरेको छ। संसद चलाउने वा नचलाउने निर्णायक क्षणमा भएको संवादले निकट भविष्यमा मुलुकको राजनीतिक दिशाबारे ठोस संकेत दिने अपेक्षा गरिएको छ।
देश
राजनिती
हेडलाइन
निकासको बाटो संविधानमै छ । शीतल निवासको भेटले दिएको सन्देश ।
- २७ भाद्र २०८२, शुक्रबार
- 467 Views
Related Post
देश, प्रदेश २, राजनिती, हेडलाइन
नागरिकता मुद्दामा सहाबुदिनलाई अदालतबाट सफाइ, तर राजेशमान–सहाबुदिनबीच २० वर्षदेखिको
१८ चैत्र २०८२, बुधबार
देश, प्रदेश २, राजनिती, हेडलाइन
पर्सा–४ मा ठूलो उलटफेर: रास्वपाका टेकबहादुर शाक्य विजयी, पूर्व
२४ फाल्गुन २०८२, आईतवार
देश, प्रदेश २, राजनिती, हेडलाइन
पर्साका चारै क्षेत्रमा रास्वपाको अग्रता, क्षेत्र नं. १ मा
२३ फाल्गुन २०८२, शनिबार
देश, राजनिती, हेडलाइन
पर्साका ४ वटै क्षेत्रमा रास्वपा अगाडि, कांग्रेस–एमाले पछि
२३ फाल्गुन २०८२, शनिबार