वीरगंज २५ भदौ ।
निषेधाज्ञाबीच वीरगञ्जको घण्टाघरमा बिहीबार साँझ नेपाली कांग्रेस निकट युवाहरूले संविधानको किताब हातमा लिएर प्रदर्शन गरेका छन्। संविधान र लोकतान्त्रिक व्यवस्थाको संरक्षण मागसहित उनीहरूले राष्ट्रपति रामचन्द्र पौडेललाई सार्वजनिक गर्नुपर्ने आवाज पनि उठाए।
घण्टाघर परिसरमा भेला भएका युवाहरूले संविधान नै सर्वोच्च मूल्य भएको र यसको रक्षाका लागि देशभरका युवाहरू एकजुट हुनुपर्नेमा जोड दिए। उनीहरूले नाराबाजीसँगै संविधानको पाना देखाउँदै लोकतन्त्रको भविष्य पुस्तामै निर्भर रहेको चेतना जगाउने प्रयास गरेका थिए।
कार्यक्रमको संयोजन नेपाली कांग्रेस पर्साका क्षेत्रीय सभापति मोहम्मद साहबुद्दिनले गरेका थिए। प्रदर्शन शान्तिपूर्ण ढंगमा सम्पन्न भए पनि यसले वीरगञ्जलाई संविधान र लोकतन्त्रप्रतिको प्रतिबद्धताको स्पष्ट सन्देश दिएको छ।
देश
राजनिती
समाज
हेडलाइन
संविधान बचाउन युवाहरू एकजुट हुनुपर्नेमा वीरगञ्जमा जोड
- २६ भाद्र २०८२, बिहीबार
- 383 Views
Related Post
देश, प्रदेश २, राजनिती, हेडलाइन
नागरिकता मुद्दामा सहाबुदिनलाई अदालतबाट सफाइ, तर राजेशमान–सहाबुदिनबीच २० वर्षदेखिको
१८ चैत्र २०८२, बुधबार
देश, प्रदेश २, राजनिती, हेडलाइन
पर्सा–४ मा ठूलो उलटफेर: रास्वपाका टेकबहादुर शाक्य विजयी, पूर्व
२४ फाल्गुन २०८२, आईतवार
देश, प्रदेश २, राजनिती, हेडलाइन
पर्साका चारै क्षेत्रमा रास्वपाको अग्रता, क्षेत्र नं. १ मा
२३ फाल्गुन २०८२, शनिबार
देश, राजनिती, हेडलाइन
पर्साका ४ वटै क्षेत्रमा रास्वपा अगाडि, कांग्रेस–एमाले पछि
२३ फाल्गुन २०८२, शनिबार