बिरगंज २० पुस ।
बीरगंज महानगरका प्रमुख राजेशमान सिहले पुण्ह वडा नम्बर एकका अध्यक्ष मनाेज राउत कुर्मीमाथि आफ्नाे दादागिरि लाद्न खाेज्दा असफल भएका छन । मेयर सिहले दादागिरि गर्दै आफ्नाे ठाडाे आदेशमा वडा नं १ समितिमा नगर प्रहरी लगाएर ताला बन्दी गराए भने वडा अध्यक्ष मनाेज राउतले ताला ताेडि कार्यालय सारेका छन् ।
महानगर पालिका वडा नम्बर १ को कार्यालय नेपाल रेडक्रस सोसाइटी छपकैया उप शाखको भवनमा भाडामा लिएर सन्चालन हुदै आएको थियो ।
महानगरले समितिकाे रकम नतिर्दा रेडक्रस उप शाखा छपकैयाले ताकेता गरेपछि अध्यक्ष राउतले महानगर कै धर्मशालामा कार्यलय सार्न खाेज्दा मेयर सिहले दादागिरि गर्दै नगर प्रहरी लगाएर तालाबन्दी गराई दिएपछि वडा समिति कार्यलयमा विवाद उत्पन्न भएका हाे । वडा समितिको कार्यालय यथास्थानमा राख्नु पर्ने अनेत्र सार्न नपाइने भन्दै मेयर राजेशमान सिहले नगर प्रहरीलाई कार्यालयमा तालाबन्दी गरिदिन निर्देशन दिएपछि नगर प्रहरीका प्रमुख भुषालले रेडक्रस भवनमा तालाबन्दी गरिदिएका थिए ।
अध्यक्ष राउतले महानगरलाई रेडक्रसकाे ताकेता विषयमा पत्रचार गरेपछि वीरगंज महानगरकाे प्रमुख मातृका भट्टराई , अधिकृत राज ताम्राकार सहितकाे जम्बाे टाेलिले निरिक्षण गरेर कार्यालय समितिकाे नाममा रहेकाे धर्मशालामा सार्न निर्देशन दिएका थिए ।
वडा अध्यक्ष मनाेज राउत कर्मिले प्रमुख प्रसासकिय अधिकृत मातृका भट्टराईसङ्ग आफुले भाडाकाे घर भन्दा भाडा तिर्नु नपर्ने धर्मशालामा सार्न भन्दा प्रमुख प्रसादकिय अधिकृतले अनुमति दिदै वडा समितिकाे कार्यालय सार्ने ब्यहोराको पत्रको जानकारी जिल्ला प्रशासन,जिल्ला प्रहरी ,वडा प्रहरी बिर्ता र सम्बन्धित सरोकारवालाहरुलाई जानकारी गराएको थियो तर मेयर राजेशमान सिहको ठाडाे आदेशमा गैरकानुनी रुपमा तालाबन्दी गरेको बताएका छन ।
मेयर राजेशमान सिह र वडा नम्बर १ का अध्यक्ष मनाेज राउत कुर्मि एउटै पार्टि जनता समाजबादि पार्टि जसपा नेपालबाट निर्वाचित भएका ब्यक्ति हुन तर मेयर सिहले कुर्मिलाई माइनस गर्दै कार्यालय खर्च देखि बिकास बजेट समेत रोकिदिएका थिए अहिले आएर कार्यालय सार्न समेत नदिएर हैकमबादी चरित्र प्रदर्सन गरेको कुर्मिको भनाइ छ ।
देश
प्रदेश २
राजनिती
हेडलाइन
वीरगन्ज महानगरका वडा अध्यक्ष र मेयरकाे टसन । मेयर सिहले दादागिरि गर्दा वडा अध्यक्ष राउतद्वारा प्रतिकार
- २० पुष २०८०, शुक्रबार
- 3528 Views
Related Post
देश, प्रदेश २, समाज, हेडलाइन
बीरगञ्जमा शान्ति बहालीको प्रयास, आज ४ बजे हिन्दु–मुस्लिम संयुक्त
२२ पुष २०८२, मंगलवार
देश, प्रदेश २, समाज, हेडलाइन
मस्जिदमा तोडफोड र कुरान जलाउने घटनाबाट सुरु भएको धार्मिक
२१ पुष २०८२, सोमबार
राजनिती, विविध, हेडलाइन
अमेरिकाको दाबी: भेनेजुएलाका राष्ट्रपति नियन्त्रणमा, ह्वाइट हाउसले भिडियो र
२० पुष २०८२, आईतवार
समाज, हेडलाइन
त्रिपुराका वरिष्ठ पत्रकारमाथि दुर्व्यवहारप्रति सार्क पत्रकार फोरमको आपत्ति
१३ कार्तिक २०८२, बुधबार
देश, समाज, हेडलाइन
उदाउँदो सूर्यका साथ सम्पन्न भयो श्रद्धा र आस्थाको महापर्व
१२ कार्तिक २०८२, मंगलवार